माछापुच्छे नियाल्दै टेनिस खेल्दै १० देशका खेलाडी

पोखरा, मंसिर १५ गते । पोखरा पर्यटका लागि विश्वकै उत्कृष्ट दश सहरभित्र पर्छ ।पोखरा घुम्न आउन पर्यटकहरु लालायित हुन्छ । यहाँको प्राकृतिक सुन्दरताले सवैको मन लोभ्याउछ । घुम्न आउनेहरुका लागि मात्रै हैन पोखरा खेल्न आउनेहरुपनि तयार छन् । पोखरालाई खेल पर्यटनको गन्तब्यको रुपमा विकास गर्न सकिन्छ । पोखराका खेल मैदानबाट मोतिका दाना जस्तै टल्केका हिमालमा आँखा जुदाउदै खेल्न पाइन्छ ।

सायद यस्तो सुन्दर दृश्य विश्वमा पाइदैन् । त्यसैले खेल पर्यटनको प्रबल सम्भावना बोकेको खेल क्षेत्रमा पोखराको टेनिसले आशा लगाएको छ । पोखरामा यति बेला अन्तराष्टियस्तरको टेनिस प्रतियोगिता सञ्चालन भैरहेको छ ।कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा यू–१८ वर्ल्ड र्‍याकिङ टेनिस टुर जारी छ । प्र्रतियोगितामा विश्वका १० देशका खेलाडीहरुले प्रतिस्पर्धा गरिहेका छन् । उक्त प्रतियोगिता खेल्नका लागि आफनै खर्चमा खेलाडीहरु पोखरा आएका हुन् । खेलाडीहरुले यो प्रतियोगिता खेल्न झण्डै पाँच लाख रुपैयाँ खर्च गरेका छन् ।

टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थका अनुसार एक जना खेलाडीको आउने जाने, बस्ने खर्च आयोजकले ब्ययभार लिने हो भने प्रतियोगिता सञ्चालन गर्न झण्डै तीन करोड रुपैयाँ चाहिन्छ तर खेलाडीहरु आफनै खर्चमा आएका छन् ।

यो प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेलेको छ तर सरोकारवाल निकायहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुहुन्छ । विश्व टेनिस संघको सहमतीमा यो प्रतियोगिता विगत तीन वर्षदेखि पोखरामा हुदै आएको छ । यो प्रतियोगितामा ठूलो धन राशी पुरस्कार छैन् । तर यो प्रतियोगितामा प्राप्त गर्ने अंकले विश्व वरियतामा प्रभाव पार्ने भएकाले खेलाडीहरु आफनै खर्चमा यहाँ खेल्न आएका छन् ।

पोखराको पर्यटनमा टेनिसले खेलले ठूलो भुमिका खेल्ने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहाुदर भटराई बताउनुुहुन्छ । पोखरालाई खेल पर्यटनसंग जोडेर जाने हो भने यस्ता प्रतियोगिताले पोखरालाई फाइदा पुग्न उहाँल्े भन्नुभयो । त्यस्तै गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुंगले पोखराको पर्यटन प्रवद्र्धनमा खेलकुद क्षेत्रले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

उहाँले एकजना विदेशी खेलाडीले पोखराको फोटो फेसबुकमा राख्दा मात्रैपनि धेरै प्रचार हुने बताउदै खेलकुदलाई पर्यटनसंग जोडेर जानसके पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने बताउनभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...