पोखरा, पुस ३ गते ं । पुुसको सुरुवातसंगै चिसो बढेको छ । मंसिरको समाप्तिसंगै विहान बेलुका पुसको चिसो ह्वात्तै बढेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण चिसो बढेको हो शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।आइतबार पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।