पाेखरा,कार्तिक १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाका सदस्य एवं पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमतीकाे असामयिक निधन भएकाेमा ट्वीटमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ –
“प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दु:ख लागेको छ। म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वसभामुख महराजी सहित संपूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”