माछापुच्छे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु

पोखरा, पुस ११ गते ।कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आइतबारदेखि पोखरामा शुरु भएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्गले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर राजन पौडेललाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका विशेष अतिथि नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणाले कास्कीले टेनिसमा अभूतपूर्व सफलता हाँसिल गरेको भन्दै खुसि व्यक्त गर्नुभयो । साथै १८ वर्षको लामो इतिहाँस बोकेको प्रतियोगिताको सफलताको कामना गर्दै उहाँले प्र्रतियोगिताको निरन्तरतानै यसको गौरब भएको उल्लेख गर्नुभयो । पोखराले आइटीएफ, तथा विभिन्न राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरेर टेनिसबाटपनि पोखरालाई थप उचाइमा पु¥याएको बताउनुभयो ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङ्गले यहाँ सञ्चालन हुने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुले यहाँको खेल पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले यहाँ क्रियाशिल संघहरुले खेलकुद गतिविधीलाई उकास्न आ–आफ्नों ठाउँबाट लागि परेको बेला सरकारले पनि खेल क्षेत्रलाई महत्वका साथ हेर्नुपर्नेमा जोड दिनुभयो ।

 

सो अवसरमा पोखरा टेनिस कम्प्लेक्सभित्र कोर्ट निर्माणमा सहयोग गरेको भन्दै हङकङका विकास गुरुङ्ग, जापानका अमृत गुरुङ्ग तथा यसअघि विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक जितेका पोखरेली खेलाडीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतियोगिता संयोजक समेत रहनुभएका कास्की टेनिस संघका उपाध्यक्ष नविन चालिसेले प्रतियोगिताका बारेमा प्रकास पार्नुभएको थियो । संघका अध्यक्ष लोक गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन समारोह संघका सचिव नविन श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

 

प्रतियोगिता अन्तर्गत पहिलो दिन ३५ वर्ष माथि भएको पुरुष एकलमा सन्तोष खत्रीले बिरेन्द्र लामालाई ६–१, ६–१ ले, प्रकाश वाग्लेले विकास बहादुर भट्टराईलाई ६–०, ६–२ ले, नबिन श्रेष्ठले दुर्गा सुनारलाई ६–०, ६–१ ले, डा.मदन थापाले केबी लामालाई ६–३, ६–४ को स्कोरमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउनु भयो ।

त्यस्तै, ४५ वर्ष माथिको पुरुष एकलतर्फ चन्द्र शाहीले अमृत रोक्कालाई ६–४, ६–० ले, सुकमान तामाङ्गले एम.पी. गिरीलाई ६–१, ६–३ ले, धरमबहादुर लामिछानेले गोपा प्रसाद ज्ञवालीलाई ६–३, ६–२ ले, रोहित सुनुवारले सञ्जय झा लाई ६–२, ६–१ ले, उत्तम लामाले प्रदिप शाहलाई ६–३, २–६ र सुपरटाईमा १०–८ ले, विनोद कायस्थले विष्णु चापागाइलाई ६–०, ६–० ले, शिव सेढाईले सुनिल श्रेष्ठलाई ६–१, ६–२ ले, विकास गुरुङ्गले नारायण पहारीलाई ६–१, ६–० ले, हुम आलेले सुदर्शन विष्टलाई ६–२, ६–३ ले तथा विमल कुमार गुरुङ्गले रामु विकलाई ६–१, ६–३ ले पराजित गर्दै पहिलो चरण पार गर्नुभयो ।

महिला एकलतर्फ रायना शाहले अजा रेग्मीलाई २–६, ६–२ र ६–३ ले, सर्भानी श्रेष्ठले माहिका राणालाई ६–२, ६–४ ले, श्रेया भट्टराईले इन्द्रकमल श्रेष्ठलाई ७–६, ६–३ ले, सुभांङ्गि लक्ष्मी शाहले रोमिका बुद्धाचार्यलाई ६–३, ६–३ ले पराजित गर्दा मेन्स डबल्समा शक्ति सर्मा र गोविन्द नेपालीको जोडीले प्राञ्जल कायस्थ र नेहाल जंगबहादुर थापाको जोडीमाथि ६–३, ६–२ को नतिजा निकाल्नुभयो ।

त्यस्तै ४५ वर्ष माथिको मेन्स डवल्समा शरण गुरुङ्ग र लोक गुरुङ्गको जोडीले मनोज बस्नेत र रामु विकको जोडीलाई ६–४, ६–० ले, विनोद कायस्थ र विकास गुरुङ्गको जोडीले सञ्जय झा र उत्तम बोगटीको जोडीलाई ६–१, ६–२ ले, नविन चालिसे र बिरेन्द्र लामाको जोडीले कृष्ण केसी र इन्द्र गुरुङ्गको जोडीलाई ६–१, ६–२ ले पराजित गर्नुभयो ।

५५ वर्ष माथिको एकलमा राजकुमार गुरुङ्गले नरेन्द्र कुमार सिंहलाई ६–१, ६–१ ले, कृष्ण घलेले प्रदीप शाहलाई ६–२, ६–२ ले, उत्तम लामाले पदमबहादुर गुरुङ्गलाई रिटायर्ड हर्टमा, मनोज राणाले अनिल तुलाचनलार्ई ६–३, ६–४ ले तथा ध्रुव घलेले राजेन्द्रसिंह भण्डारीलाई ७–६, ४–६ र सुपर टाईमा ११–९ ले पराजित गर्नुभयो ।

५५ वर्ष माथिको मेन्स डबल्समा बिदुर विष्ट र काजी गुरुङ्गको जोडीले राजकुमार गुरुङ्ग र पदम गुरुङ्गको जोडीलाई रिटायर्ड हर्टमा, समिर शेरचन र अनिल तुलाचनको जोडीले ध्रुव घले र शहदेव ढुङ्गानाको जोडीलाई ६–१, ६–२ ले पराजित गर्दै दोश्रो चरणका लागि आफ्नों स्थान सुरक्षित पार्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...