आजदेखि माघ १६ गतेम्म पोखरा महानगरपालिकाको सेवा स्थगित

पोखरा, माघ १३ गते । पोखरा महानगरपालिकाले आजदेखि सेवा प्रवाह स्थगित गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको तेश्रो लहरसंगै कर्मचारीहरुमा संक्रमित भै सेवा प्रवाह कठिन भएको भन्दै महानगरले १३ देखि १६ गतेसम्म सेवा स्थगन गरेको जनाएको छ ।

बुधबार महानगरका प्रमुख प्रशासकिय अधिकृत बलराम रिज्यालले सुचना जारी गदै महानगरपालिकामा दिन प्रतिदिन कोरोना बढदै गइरहेको सन्दर्भमा कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भई आइसोलेसनमा रहेको तथा थप कर्मचारीहरु मिल्दोजुल्दो लक्ष्ण देखा परेकाले संक्रमण झन बढन सक्ने हुदाँ सेवा प्रवाह स्थागन गरेको उल्लेख गरिएको छ । यसअवधिमा सरसफाई, स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेकका सेवाहरु १६ गतेसम्म स्थगन गरिएको प्रमुख प्रशासकिय अधिकृत रिज्यालले जनाएका छन् । पोखरा महानगरमा झण्डै ८० बढि कर्मचारी संक्रमित भएको बताइएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला मालपोत कार्यालयले पनि अनिश्चितकालका लागि सेवा प्रवाह स्थगित गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...