६८२७ कोभिड संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ६८२७ जना कोभिड संक्रमित थपिएका छन् भने ५४३२ जना निको भएका छन् ।१९ हजार ८६९ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सोही अवधीमा १० जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ८९ हजार ९४१ पुगेको छ ।

पछिल्लो साता निको हुने र मृत्यु हुनेको संख्यामा वृद्धि भएको देखिन्छ । १२ लाख २८ हजार ५६३ जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् ।आजको संक्रमण पत्ता लाग्ने दर ३४.३६ प्रतिशत छ ।

 

काठमाडौं उपत्यकामा २९४० जनामा संक्रमण पुष्टि भएको जसमध्ये काठमाडौंमा २१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जना संक्रमित थपिएका छन् ।काठमाडौं उपत्यकासहित २० जिल्लामा सक्रिय संक्रमण ५०० भन्दा माथि र १८ जिल्लामा सक्रिय संक्रमण २०० भन्दा माथि छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...