आइसिटी सहकारीको उपप्रमुख गुरुङद्धारा उद्घाटन

पोखर, माघ २४ गते । आइसिटी सहकारी संस्था लिमिटेडको कार्यालयको पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले उद्घाटन गर्नुभएको छ । पोखरा–८ न्युरोडमा स्थापना गरिएको कार्यालयको सोमबार एक कार्यक्रमबीच गुरुङले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले सहकारीले रोजगारी सृजना गदै प्रविधिलाई प्राथमिकतामा राखेर अगाडी बढने विश्वास ब्यक्त गर्नुभयो । उहाँले अन्य सहकारी भन्दा फरकशैलीमा सञ्चालन हुदै प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उपप्रमुख गुरुङले सहकारीको भिडमा नमुना बन्ने बताउदै नाफामा मात्रै केन्द्रीय नभई महानगरको समृद्धि र प्रविविधिमा यसले टेवा पुर्याउने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा क्यान केन्द्रीय सचिव जगनबहादुर गुरुङले आइटीको विकासमा लगानी गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको बताउनुभयो ।कार्यक्रममा क्यानका पूर्व अध्यक्ष चिन्तामणी बास्तोला, रुक्मांगट भण्डारी, कृष्णराज पोखरेल लगायतले सहकारी स्थापनाका बारेमा चर्चा गर्नुभएको थियो ।

 

हालै दर्ता भएको सहकारी संस्थाको तदर्थ समिति अध्यक्षमा सवि शेरचन रहनुभएको छ । सहकारीको कुल सेयर पुँजी ५० लाख रुपैयाँ रहेको छ ।
सहकारीको कार्यक्षेत्र पोखरा महानगरपालिका वडा नं। ४, ८ र ९ रहेको अध्यक्ष शेरचनले बताइन । आगामी दिनमा सहकारीलाई प्रदेश स्तरीय बनाइने उनको भनाइ छ । सहकारीका सचिव विश्व प्रधानले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...