पर्यटन पुर्नरुत्थानका लागि जलयात्रा

पोखरा,फागुन १४ गते । कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थानको उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको आयोजनामा धादिङको विशालटारस्थित मालिङ्गादेखि चरौदीसम्म जलयात्रा गराइएको छ ।


संघ आवद्ध ४० जना पर्यटन व्यवसायी सम्मिलित झण्डै १२ किरोमिटर दुरीको उक्त जलयात्रा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन र बुडी गण्डकी हाइवे रेष्टुरेन्टको सहयोगमा गरिएको संघका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

 

कोरोनाका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै जलयात्रा गराइएको उहाँले बताउनुभयो ।“कोरोनाले पर्यटकीय गतिविधि ठप्प हुँदा व्यवसायीमा समेत निराशा छाएको छ”, उहाँले भन्नुभयो, “व्यवसायीलाई थप उत्साहित एवम् अभिप्रेरित गर्दै पर्यटकीय गतिविधि बढ्न थालेको संकेत दिनका लागि पनि हामीले जलयात्रा आयोजना गरेका हौं ।”

 

कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटन सम्बद्ध सबै संघसंस्थाको सकृयता अपरिहार्य भएको उहाँले बताउनुभयो । संघको आयोजनामा विगतका वर्षमा पनि नवलपुर क्षेत्रका साथै सुपा देउराली, स्वर्गद्वारी आदि स्थानको धार्मिक पर्यटन प्रवद्र्धनसँगै विभिन्न पर्यटन लक्षित तालिम, अन्तरक्रिया गरिदै आइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...