लायन्स क्लव अफ पोखरा ब्लु स्काईको अध्यक्षमा कमल सुवेदी निर्वाचित

पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काईको अध्यक्षमा कमल सुवेदी निर्वाचित भएका छन् । शुक्रबार भएको क्लवको निर्वाचनमा लायन वर्ष २०२२/२३ का लागि अध्यक्षमा सुवेदी निर्वाचित भएका हुन् ।

त्यसैगरि प्रथम उपाध्यक्ष दिपकराज अधिकारी, द्धितिय उपाध्यक्ष कृष्ण सुवेदी, तृत्तीय उपाध्यक्ष दिपकराज गिरी, सचिव बिन्दु शर्मा पराजुली, प्रशासक बिरेन्द्र पौडेल, कोषाध्यक्ष सरिता गुरुङ, सह–सचिव लक्ष्मी प्रसाद बाँस्तोला, सह–कोषाध्यक्ष सरिता सिग्देल,क्लब मेम्बरसिप चियरपर्सन राजु पौडेल,अर्थ संयोजक लोक कुमारी श्रेत्री, प्रोजेक्ट चियरपर्सन डेविड देवकोटा, एलसिआईएफ संयोजक रन्जु गुरुङ, क्लब सर्भिस चियरपर्सन लाल कान्त चपाई, क्लब मार्केटिङ कम्युनिकेसन चियरपर्सन बामदेव भण्डारी, आई सि टि संयोजक सिताराम पोख्रेल, पब्लिक रिलेसन तथा कल्चर अफिसर राम्जी पौडेल, रिपोर्टिङ अफिसर भावना शर्मा, मीडिया संयोजक राजु गिरी, टिमर राजन राज सुबेदी, टेल ट्विस्टर निर्मल प्रसाद पौडेल र डिरेक्टरमा रामहरी तिवारी, हेमेन्द्र भारती, रमेश बराल, सोबिता सुबेदी, इश्वरी जि.सी., राज गौतम, संजय लम्साल चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स डिस्ट्रिक ३२६ बि १ नेपालका क्लस्टर प्रमुख ठाकुर प्रसाद अधिकारी, विशेष अतिथि लायन्स डिस्ट्रिक ३२६ बि १ नेपालका एडिसनल क्याबिनेट सेक्रेटरी विकास भुर्तेल, लायन्स क्लव अफ पोखरा मिड टाउनका अध्यक्ष रबि राज भुत्र्याल, लायन्स क्लब अफ पोखरा ब्लु स्काईका संस्थापक अध्यक्ष युवराज पौडेल, लायन्स क्लब अफ पोखरा ब्लु स्काई वर्ष २०२१/२२ का अध्यक्ष हरि प्रसाद बराललगाएतले नव निर्वाचित टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । क्लबले सेवा, नेतृत्व र भाइचारलाई महत्व दिँदै अगाडी बढ्नुपर्ने उनीहरुको भनाई थियो ।

अध्यक्षमा निर्वाचित बनेका कमल सुवेदीले क्लबको गरिमालाई सधै उचाईमा राख्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै उनले आफ्ना कार्यकालमा मुख्य १२ वटा कार्य गर्ने योजना समेत घोषणा गरेका थिए । उनको कार्यकाल आउँदो जुलाई १ देखि १ वर्षका लागि रहनेछ ।

कार्यक्रमको सञ्चालन वर्ष २०२१/२२ का सचिव दिपकराज गिरीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...