राप्ट्रपतिको हातको टीका : पहिले भीआईपी पछि सर्वसाधारण, पोशाक मर्यादित

राष्ट्रपति विद्यादेवी भण्डारीले यो वर्ष पनि विजया दशमीका दिन टीका लगाइदिने कार्यक्रम राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छ । आगामी बुधबार राष्ट्रपति भण्डारीले इच्छुक सम्माननीय र माननीयहरुलाई पहिले र त्यसपछि सर्वसाधारणलाई टीका लगाइदिने बताइएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस नोटमा विजया दशमीको दिन अपरान्ह २ बजेदेखि ५ बजेसम्म राष्ट्रपति भण्डारीले टीका लगाइदिने कार्यक्रम उल्लेख छ । दिउँसो २ बजेदेखि ३ बजेसम्म संवैधानिक अंगका प्रमुख, मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संसद सदस्य र अन्य विशिष्ट महानुभावलाई टीका लगाइदिने बताइएको छ ।त्यस्तै सर्वसाधारणले दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रपतिको हातबाट टीका लगाउन सक्ने जानकारी दिइएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता आचार्यले टीका लगाउ आउँदा सबैले मर्यादित पोशाक लगाउनुपर्ने जानकारी दिएका छन् । तर, मर्यादितको परिभाषा खोलिएको छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...