माओवादीका सांसद छक्कबहादुर लामा एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा ओलीको हातबाट टीका ग्रहण गर्दै लामा एमाले प्रवेश गरेका हुन् ।

लामा तिनै व्यक्ति हुन् जसले ०७४ को प्रतिनिधि सभामाको निर्वाचनमा माओवादी पार्टीले टिकट नदिएपछि माओवादीकै उम्मेदवार विरुद्ध बागी उठेर चुनाव जितेर सबैलाई छक्क पारेका थिए । जम्मा ४७ मतान्तरले चुनाव जितेका थिए ।

२०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका लामाले त्यस समयमा पनि कम मतान्तरले चुनाव जितेका थिए । उनी राजाकै पालामा एकपटक मन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । प्रतिनिधिसभाका सांसदसमेत रहेका उनी माओवादीको केन्द्रीय सदस्यसमेत हुन् । हुम्लामा लामा पार्टी भन्दा पनि व्यक्तिगत रुपमा बलिया नेताका रुपमा परिचित छन्। उसो त उनी नेकपा विभाजन हुने बेला पनि एमालेतर्फ नै मोडिएका थिए ।ओलीले महाधिवेशनमा आयोजक समितिका सदस्य बनेका लामा अन्तिम आयर दाहाल र नेपाल समूहतर्फ लागेका थिए ।

उनी आसन्न निर्वाचनमा प्रतिनिधिसभाको लागि सिफारिस नभएपछि एमाले प्रवेश गर्न लागेको माओवादी वृत्तमा चर्चा छ । हुम्लामा प्रतिनिधि सभाको उम्मेदवारका लागि कार्चेन लामालाई माओवादीले सिफारिस गरेको छ। स्रोतका‌‌ अनुसार कार्चेन छक्कबहादुरको साला नाता पर्छन् ।

प्रचण्डले कार्चेनलाई विश्वास पात्र बनाएर नै कर्णालीमा मन्त्री बनाएका थिए । गैरसांसद लामालाई मन्त्री बनाएपछि उनको चर्को विरोध समेत भएको थियो ‌।

छक्कबहादुरलाई ब्याक गराएर उनकै साला कार्चेनलाई मन्त्री बनाएपछि हुम्लामा लामा समुदायमा माओवादीले आफ्नो प्रभाव बढाउन सकिने अपेक्षासहित प्रचण्डले कार्चेनलाई अघि सारेका थिए ।

एमाले हुम्ला जिल्ला सह-इन्चार्ज दल रावलले लामालाई आसन्न निर्वाचनकाे टिकटबारे कुनै कुरा नभएको जिकिर गरे। यद्यपि लामालाई पार्टीभित्र भने व्यवस्थापन गरिने उनले बताए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...