पोखरा ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राइयथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले १÷१ वटा स्वर्ण जितेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्राइयथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेका हुन् ।
पुरुषतर्फ निर्धारित २० किमि साइक्लिङ, ७ सय ५० मिटर पौडी र ५ किमि दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण पदक जितेकाहुन् ।महिलातर्फ भने निर्धारित दुरि १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपीएफकी सोनी गुरुङले स्वर्ण पदक जितेकीहुन ।
प्रतियोगिताको पुरुषतर्फ निर्धारित दुरि १ घण्टा १० मिनेट ५ सेकेन्डमा पार गर्दै आर्मीकै दीपेश चौधरीले रजतपदक जिते भने नेपाल प्रहरीका मौलिक महर्जनले निर्धारित दुरि १ घण्टा १४ मिनेट ५६ सेकेन्डमा पार गर्दै काश्यपदकमा चित्त बुझाए ।
त्यस्तै, महिलातर्फ नेपाल प्रहरीकी श्रीवी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै रजतपदक जित्दा आर्मीकी केशरी थापाले १ घण्टा ३२ मिनेट २९ सेकेन्डमा पार गर्दै काश्यपदक जितिन् ।