मंसिर १६ देखि पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला

पोखरा, मंसिर २ गते ।राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ मंसिर तेश्रो साताबाट सुरु हुने भएको छ । मंसिर १६ देखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ आयोजना हुने आयोजक पोखरा उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, पोखरा महानगरपालिकाको सहयोग एवम् नेपालकै प्रतिसष्ठत ब्यबसायिक घराना लक्ष्मी हाउसको मुख्य प्रायोजनमा ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने उद्घोषसहित आयोजना हुन लागेको हो ।

 

मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला समितिका सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २५१ सदस्यीय मुल आयोजक र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा कार्य सम्पादन समिति गठन भएको छ । कार्यसम्पादन समितिअन्तर्गत सल्लाहकार समितिका अलावा विभिन्न २५ वटा उपसमिति पनि गठन भइसकेको बताइएको छ ।

 

हामी मेलाको तयारीमा जुटेका छौँ र स्टल बुकिङ तीव्र गतिमा अघि बढेको छ । हामीसँग डोमतर्फ ७८,अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा स्टल गरी करिब २५० स्टल रहेका छन् । मेलाको तयारी प्रक्रियागत रुपले अघिबढिरहेको छ । म मेला तयारीमा अहोरात्र खट्नु हुने सम्पूर्ण उपसमितिका संयोजक तथा सदस्यहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु अध्यक्ष प्रजावतीले भने ।

 

पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्धेश्यले मेलाको आयोजना गरिएको हो । लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप नै यो मेला गण्डकी प्रदेशको व्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्धेश्यमा समर्पित रहेको छ ।

 

मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन् । मेलाको थप आकर्षणतर्फ सांस्कृतिक कार्यक्रम पनि समावेश छ । मेलाको प्रवेश टिकटको हकमा सर्वसाधारणको लागि रु.१ सय र विद्यार्थीको लागि रु.६० कायम गरिएको छ । मेला अवलोकनकर्ताले क्यूआर कोडमार्फत् टिकटको भुक्तानी गर्ने तथा मेला स्थलमा रहेका सम्पूर्ण स्टलहरुको जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

 

मेलामा दैनिक उपभोग्य एवं अन्य सामग्रीमा भारी छुटको व्यवस्था मिलाइएको छ । मेलाबाट अनुमानित आम्दानी रु. १ करोडमा अनुमानित खर्च रु ८५ लाख कटाउँदा रु. १५ लाख बचत हुने अनुमान गरिएको छ । यस वर्षको मेला आयोजनाबाट बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने व्यहोरा हामी जानकारी गराउन चाहन्छौँ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उल्लेख छ ।

 

यस अगाडि नेपाल सरकार, नेपाल उद्योग वाण्ज्यि महासंघ लगायत अन्य संघ संस्थाहरुसंग मिलेर संघको आयोजनामा औद्योगिक व्यापार मेला २०४२ र २०४९, पोखरा महोत्सव २०५२, हस्तकला मेला –२०५३ पुष्प प्रदर्शनी– २०५५, हस्तकला तथा पुष्प मेला–२०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला–२०५९, औद्योगिक व्यापार मेला–२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा–२०६२, महिला उद्यमी मेला २०६८ र २०७० र २०७४ तथा राष्ट्रिय औद्योगिक व्यापार मेला २०६३ देखि निरन्तर रुपमा २०७६ सालसम्म सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पोखरामा आयोजना हुने यो मेला नाफामूलक मेला मात्र नभइ यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव भएको दावी संघले गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...