कास्कीबाट निवार्चित प्रतिनिधि र प्रदेश सभा सदस्यलाई महानगरको बधाई

पोखरा, मंसिर १८ गते ।पोखरा महानगरपालिकाले कास्कीबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यहरुलाई बधाइ ज्ञापन गरेको छ । कास्की क्षेत्र नम्वर १बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचत मनबहादुर गुरुंग, क्षेत्र नम्वर २ बाट निर्वाचित बिद्या भटराई, प्रदेश सभा सदस्य खगराज अधिकारी, बेदबहादुर गुरुंग श्याम, भिम कार्की, प्रकाश बराल र गणेशमान गुरुंगलाई खादा र माला लगाएर सम्माद गदै सफल कार्यकालको शुभकामना ब्यक्त गरेको हो ।

विजयी सबैलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत बीरेन्ददेव भारतीले खादा माला लगाए बधाई ज्ञापन गर्नुभयो । कार्यक्रममा बोल्दै उनीहरुले पोखराको विकाका लागि तीनै तहका सरकारवीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनीहरुले समृद्ध पोखरा निर्माणका लागि राजनीति भन्दा माथि उठेर साझा प्रतिबद्धता साथ अगाडी बढनुपर्नेमा जोड दिए । कास्की क्षेत्र नम्वर २ बाट निर्वाचित बिद्या भट्टराईले राज्य बलियो बनाउन समन्वयकारी हुनुपनेैमा जोड दिइन ।

 

उनले पोखरा पर्यटकीय शहर भएकाले विमानस्थल सञ्चालनका लागि ल्याडफिल्ड साईडको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । यहाँले यहाँको जग्गा वर्गीकरणमा हतारीन नहुने बताइन । पोखरा पर्यटकीय राजधानी हो त्यसैले अहिले हतारमा निर्णय नगरौ उनले भनिन,विमानस्थल सञ्चालन हुनुपर्छ । प्रश्न नउठाउने गरि ल्याण्डफिल्ड साईड र जग्गा वर्गीकरणको काम गरौ ।

 

उनले फोहोर व्यवस्थापन भन्दा प्रशोधन केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिइन । गण्डकी प्रदेश सभा सदस्य खगराज अधिकारीले अहिले जग्ग वर्गीकरणमा हतारो गर्न नहुने बताए । उनले जग्गा वर्गीकरण कृषि र गैह कृर्षिका लागि पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनले जुनसकुै ठाँउमा उभिदा पनि हिमालदेखिने कास्की जस्तो ठाउँ कहि नभएको बताउदै भने, जनतालाई मर्का पर्ने काम नगरौ ।

 

उनले पोखराको फोहोर व्यवस्थापन र जग्गा वर्गीकरण बैज्ञानिक रुपमा गर्नुपर्छ भने । अहिले तत्कालै जग्गा वर्गीकरणमा सहमत छैन उनले भने यस विषयमा गम्भीर बनौ । उनले कृषि क्षेत्र जोगाउनुपर्छ त्यसको लागि पूर्वाधार बनाउनुपर्छ ।सबै एक हौ सबै समस्या समाधान हुन्छ अधिकारीले भने ।
कास्की १ बाट निर्वाचित मनबहादुर गुरुङले योजना बनाउदै तत्कालै परिवर्तन गर्नुपर्ने अवस्था आउन नदिने गरी गर्नुपर्नेमा जोड दिए । गडकी प्रदेश सभा सदस्य भिम कार्कीले एकीकृत विकासका योजना ल्याउनुपर्नेमा जोड दिए ।

 

जनताले दुःख नपाउने एकिकृत विकास गरौ उनले भने । प्रदेश सभा सदस्य प्रकाश बरालले ल्याण्डफिल्ड र जग्गा वर्गीकरणका विषयमा गम्भीर रुपमा सोचेर निर्णय लिनुपर्नेमा जोड दिए ।, महानगरका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि पहल गर्न आग्रह गरे । उनले प्रदेश र स्थानीय तहकावीचमा समन्वयको अभाव देखिएको बताए । प्रदेश, संघ र स्थानीय सरकारवीच विगतमा सहकार्य नभएको देखिएयो उनले भने विगतको जस्तो अवस्था आउन नदिन आग्रह गरे । कार्यक्रममा गण्डकी प्रदेश सासद गणेशमान गुरुंग, पोखरा महानगरका उपप्रम मञ्जुदेवी गुरुंग, पोखरा महानगर वडा नम्वर २ का अध्यक्ष दिवसमान प्रधानांग, पोखरा २० का अध्यक्ष गंगाबहादुर केसी लगायतले बोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...