लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा, ३३३ स्टल रहने

पोखरा, पुस ५ गते ।महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने नारा सहित पुस ७ देखि १८ गतेसम्म सञ्चालन हुने १८ औँ लेखनाथ महोत्सव २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पोखरा २७ तालचोक डाँडाकोनाकमा सञ्चालन हुने महोत्सव २०७९ को तयारी बारे महोत्सव स्थलमा आज आयोजित पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

देशको अर्थतन्त्र चलायमान बनाई यस क्षेत्रको आर्थिक गतिविधि बढाउन, औद्योगिक उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रर्वद्वन, आवश्यक ज्ञान,सीप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित उपभोग्य वस्तु तथा सेवाहरुको प्रर्वद्वन, जातिय, भेषभुषा,कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एंव बाह्य पर्यटन आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने उद्वेश्यले महोत्सव आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

 

महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति,बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गित, लाइभ म्युजिक कन्सर्ट आकर्षकका रुपमा रहने छन । महो्त्सवमा औद्योगिक मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एंव खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्रीहरु, सुचना प्रबिधि तथा स्ञ्चारका उपकरणहरु, पर्यटन, लेखनाथका गतिविधिहरु, फुड फेष्टिबल, अटोमोवाइल प्रर्दशनी रहने छन् । त्यस्तै सेवामुक संघसंस्थाको सेवा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रर्दशनी, तरकारी, जैविक विविधताको प्रर्द्शनी गरिने लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक छत्रधर आत्रेले बताए ।महोत्सवमा ३३७ स्टल रहने भएका छन ।

 

महोत्सवमा ३३७ स्टल रहने र २ लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको मेला प्रचार प्रसार व्यवस्थापन उपसमिति संयोजक तथा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।महोत्सवमा १० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।महोत्सवमा ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भै १० लाख बचत हुने संघले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । महोत्वमा प्र्रवेशका लागि ५०, ८० र १५० दरका किटकको व्यवस्था गरिएको संघले जनाएको छ । विद्यार्थीलाई ५० रुपैयाँ टिकट दर कार्यम गरिएको छ भने ज्येष्ठ नागरिक, अपांग, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण कार्डका आधारमा प्रवेशको व्यवस्था गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...