पोखरा म्याराथनको पुरस्कार राशि बढ्यो, विजेतालाई ५ लाख

पोखरा,पुस १९ गते । सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको १७ औँ संस्करण फागुनमा पहिलो साता हुने भएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना फागुन ६ गते १७ औँ संस्करणको पोखरा म्याराथन गर्ने तयारी गरेको जानकारी दिएको हो ।
प्रतियोगितामा अन्तर्राष्ट्रियका लागि ४२.१९५ कि.मी र महिलाका लागि हाफ २१.०९७ किमिको म्याराथन हुनेछ । म्याराथनसंगै महिला÷पुरुष १० कि.मी दौड, विद्यालयस्तरीय छात्र÷छात्रा ५ कि.मी दौड, महिला÷पुरुष ह्विलचियर तथा दृष्टिविहिन दौड हुने मञ्चका हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो । म्याराथनमा सहभागी हुन हालसम्म २५ देशका खेलाडीले नाम दर्ता गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

म्याराथन र दौडसंगै वर्षको एक दिन दौडिनपर्छ भन्ने सन्देश दिन रन फर फन समेत हुने पत्रकार सम्मेलनमा जानकारी दिएको हो । पोखरा म्यारानथको पुरस्कार राशी समेत बृद्धि गरिएको छ । धावकहरुलाई आकर्षित गर्न पुरस्कार राशि बृद्धि गरिएको अध्यक्ष पराजुलीले बताउनुभयो । १७ औँ संस्करणको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

 

गत १६ औँ संस्करणका विजेताले ४ लाख रुपैयाँ प्राप्त गरेका थिए भने उविजेताले २ लाख र तृतियले १ लाख प्राप्त गरेका थिए भने यस पटकको उपविजेताले ३ लाख, तृतियले २ लाख र सान्त्वनाले स्वरुप चौथोले ३० हजार प्राप्त गर्ने छन । नेपालमा संचालन हुने म्याराथन मध्य सर्वाधिक पुरस्कार राशीको बनेको छ ।

 

महिला खेलाडीहरुको भुमिकासंगै महिलालाई खेल तर्फ आकर्षण र उनीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले हाफ म्याराथन थप गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो । हाफ म्याराथन, ह्वील चियर महिला÷पुरुष दौड, दृष्टिविहीन महिला÷पुरुष दौड प्रतियोगिताको समेत पुरस्कार समेत बृद्धि गरिएको मञ्चले जनाएको छ ।

 

प्रतियोगिता सफल बनाउन २३ वटा विभिन्न उपसमिति गठन गरेर तयारी थालिएको उहाँले बताउनुभयो । प्रतियोगिताका लागि सफल डेरी मुख्य प्रायोजन रहेको र प्रतियोगिता सम्पन्न गर्न करिब ९३ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

 

पोखरा म्याराथनले अन्तराष्टिय मान्यता समेत प्राप्त गरेको छ । म्याराथनहरुको अन्तराष्टिय छाता संस्था एशोसिएसन आफ इन्टरनेशनल म्याराथन एण्ड डिष्टेन्स रेसेस (एम्स)मा दर्ता हुदै अन्तराष्टिय मान्यता प्राप्त गरेको हो । पोखरा म्याराथनको रुट समेत एम्सबाट प्रमाणिकरण भएको छ । एम्स जान दुई वर्षदेखि प्रयासरत रहेको र अहिले सफल भएको मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...