बिटी कपमा पहिलो चरणका खेल

पाेखरा, माघ २३ गते ।पाेखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज ८ खेल सम्पन्न भएका छन् ।

पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (सोमबार) भएको पहिलो खेलमा पिएन क्याम्पसले नमस्ते ब्रदर्शलाई ट्राइबेकरमा ५—४ गोल अन्रले पराजित गर्याे ।

 

खेल संयोजक विनोद गुरुङका अनुसार निर्धारित समय गोलरहित भएपनि खेला ट्राइबेकरमा पुगेको थियो ।
बिटी क्लब सि र याम्दी एफसीबीच भएको दोस्रो खेल १—१ गोलमा निर्धारित समय सकिएपछि ट्राइबेकरमा ४—३ गोल अन्तरले जित निकाल्यो ।

 

यस्तै मेरो नेपाल क्लब र माइती गोर्खाज्बीच भएको तेस्रो खेलपनि गोलरहित भएपछि ट्राइबेकरमा २—१ अन्तरले टाइबेकरमा माईती गोर्खाज् विजयी बन्यो ।

 

चौथो खेलमा हिमालय एफसीलाई जि नाइनले २—० गोल अन्तरले पराजित गर्याे र जि नाइनको जीतमा सुमन सुनार र आशिम रोकाले समान १÷१ गोलको योगदान दिए ।

 

यस्तै पाँचौ खेलमा नव प्रतिभा एफसीले सपोर्ट डेभलपमेन्ट फोरमलाई ३—० गोलको फराकिलो अन्तरले पाखा लगायो ।नव प्रतिभाको जीतमा राहुल थापाले २ गोल रुविन गुरुङले १ गोल गरे ।

 

छैटौं खेलमा ब्रदर्श युनाइटेडले घान्द्रुकलाई ५—२ गोलको अन्तरले सहज जित निकाल्दै दोस्रो चरणमा प्रवेश गर्याे ।
युनाइटेलको जीतमा सफल गुरुङ, करण तामाङ, सुशान्त थापामगर र सुरेन्द्र राईले समान १÷१ गोल गरेका थिए भने एक गोल घान्द्रुकको तर्फबाट आत्मघाती गोल भएको थियो ।

 

यता घान्द्रुकको तर्फबाट निन्ती सुनार र सफल आचार्यले सान्त्वना गोलका रुपमा समान १÷१ गोल फर्काए ।
सातांै खेलमा दिव्यज्योती क्लबलाई त्रिशक्ति क्लबले २—० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्याे । त्रिशक्तीको जितमा टाइसन क्षेत्री र प्रवेश ठकुरीले समान १÷१ गोलको योगदान दिए ।

 

आज भएको अन्तिम तथा आठौं खेलमा शितलज्योती क्लबले लामागाँउलाई ५—० को फराकिलो गोल अन्तरले पराजित गर्याे ।शितलज्योतीको जीतमा दिपेश गुरुङ र सुजन बुढाथोकीले समान २ गोल गरे भने निश्चल जिसीको १ गोलको योगदान दिए ।

 

खेल संयोजक गुरुङका अनुसार मंगलबार पनि पहिलो चरणको ६ खेल र २ खेल दोस्रोचरणका २ खेल हुनेछन् ।
आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।

 

उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।

 

अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६÷६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ ।
प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक जना खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...