गण्डकीमा भाेलि सार्वजनिक विदा

पाेखरा, फागुन ३ गते ।गण्डकी प्रदेशमा बिहिबार विदा हुने भएकाे छ । प्रदेश सरकार   स्थापना दिवसको दिन  फागुन ४ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको  छ ।

प्रदेश राजपत्रमा ०७९ सालमा सार्वजनिक बिदामा उक्त दिन समावेश गरिएको हो । गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो ।

 

संघ सरकारले दिएकाबाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।प्रदेश स्थापनाकाे अवसरमा प्रदेश सरकारले आैपचारिक कार्यक्रम गर्दै छ ।सहिदचाेकबाट सभागृह सम्म रयालि सहित कार्यक्रम  गर्ने भएकाे हाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...