पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ का गृहणी महिलाहरुलाई व्यवसायीक बनाउन धुप बनाउने तालिम प्रदान गरिएको छ ।
वडाका ५ वटा टोल पार्वती, शिव, शुभकामना, गणतान्त्रिक र कृष्णटोलका ६५ जना गृहणी महिलालाई ५ दिने धुप वनाउने तालिम दिईएको थियो ।
तालिमको समापनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य नन्दराम गिरीले सहभागीहरुलाई प्रमाण पत्र दिदैं सिप सिकेर मात्रै नहुने वताएका थिए । उनले समुहमा लगानी गरी धुप वनाउने घरेलु उद्योग स्थापना गर्न सल्लाह दिदैं आफुले सहयोग गर्ने पनि वताएका थिए ।
प्रशिक्षक तिर्थ श्रेष्ठले व्यवसायमा लागेर कुनै सहयोग आवश्यक परेमा आफु सहयोग गर्र्न तत्पर रहेको वताएकी थिईन भने रुपा केसीले सहभागीको तर्फबाट मन्तव्य राख्दै तालिमले आफुहरुलाई व्यवसायीक वन्न उत्प्रेरणा दिएको वताएकी थिईन ।
कार्यक्रममा वडा सदस्यहरु गीता नेपाली, लक्ष्मी पहारी, समाजसेवी उत्तम जोशी, टोल विकास संस्थाका अध्यक्षहरु, आमा समुहका अध्यक्षहरुले आफ्ना विचार व्यक्त गरेका थिए ।
पार्वती, शिव, शुभकामना, गणतान्त्रिक टोलका महिलालाई निशुल्क तालिम उपभोक्ता समुहकी अध्यक्ष लेखमाया थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सरस्वती नेपालीले गरेकी थिइन ।