पाेखरा, चैत ९ गते ।नेकपा एमालेकाे भातृ संगठन अखिल नेपाल महिला संघ कास्कीकाे ८ औँ जिल्ला सम्मेलन सम्पन्न भएकाे छ ।
अधिवेशनले गीता बि.कलाई सर्वसम्मत अध्यक्षमा चयन गरेकाे छ । संघकाे उपाध्यक्षमा शारदा पराजुली र उषा बरुवाल चयन भएका छन ।
त्यस्तै सचिबमा बिनु गुरुङ,उपसचिबमा सन्तु सुबेदी,
काेषाध्यक्षमा राधिकाशाही याेगी सर्वसम्मत चयन भएका छन ।
अधिवेशनकाे बुधबार अनेम संघ केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज टुका हमालले उद्घाटन गरिन ।कार्यक्रममा एमाले केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङ एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी लगायतले बाेलेका थिए ।