मगर संघ गण्डकी प्रदेशकाे अधिवेशन शनिबार

पाेखरा, चैत १७ गते ।नेपाल मगर संघ गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशन भोली (शनिबार) पोखरामा हुने भएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गरि दोस्रो अधिवेशन पोखरामा हुने र तयारी पुरा भएको जानकारी दिएको हो ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका करिब २५० जनाको सहभागिता रहने नेपाल मगर संघ गण्डकीका अध्यक्ष सिद्धान्त गर्जा मगरले बताए । उनका अनुसार ६ वटा भातृ संस्था र ७० वटा पालिकामा रहेको मगर संघबाट प्रतिनिधिहरु सहभागिता जनाउने छन् । शनिबार हुने अधिवेशनले ४२ जनाको नयाँ कार्यसमिति निर्वाचित गर्ने संघका अध्यक्ष सिद्धान्तले जानकारी दिए ।

 

अधिवेशन अघि संस्कृति जगेर्नाका लागि मौलिक कौडा नृत्य प्रस्तुत हुने संघका वरिष्ठ उपाध्यक्ष गणेश थापा मगरले बताए ।

 

 

कार्यक्रमको सञ्चालन संघकी उपाध्यक्ष तारामाया थापा मगरले गरेकी थिइन् ।२०६८ को जनगणना अनुसार ४ लाख ५१ हजार ३६५ जना मगरहरु गण्डकी प्रदेशमा बसोबास गर्ने तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...