नवलपुर । नेकपा (एमाले) का संगठन विभाग प्रमुख खगराज अधिकारीले मिसन ग्रासरुट देश र जनतालाई जोगाउने अभियान भएको बताएका छन्।
कावासोती नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले अभियानले राष्ट्रियता सवालमा नेकपा (एमाले) का नेता र कार्यकर्ताहरुले कहिल्यै सम्झौता नगर्ने बताए ।
मेरो सन्तानका लागि मेरो देश म बनाउछु भन्ने प्रण हरेक नेता र कार्यकर्ताले गर्नुपर्ने उनको भनाई थियो।सस्तो लोकप्रियताका लागि समस्याको वकालत गर्नेहरुले व्यबहारिक रुपमा समाधान गर्न नसक्ने उनले बताए ।
‘बोलेर,प्रश्न गरेर मात्रै हुँदैन समाधान गर्ने ल्याकत राख्नुपर्छ’,उनले भने ।केन्द्रका सरकार संघीयता विरोधी मानसिकतामा रहेको उनले बताए ।
‘७० प्रतिशत केन्द्रमा राखेर कसरी संघीयता सफल बन्छ’, उनले भने ।प्रदेशलाई बलियो र अधिकार सम्पन्न बनाउन सके मात्रै संघीयता सफल हुने उनको भनाई थियो ।
गठबन्धनका दलबाट देश विकास सम्भव नभएको अधिकारी बताए ।’स्वार्थ केन्द्रित गठबन्धन केवल राजनीतिक लाभका लागि मात्रै बनेको छ, संघीयता विरोधी पनि रहेको गठबन्धनले जनताको पक्षमा काम गर्दैन’,अधिकारी भने ।
उनले गठबन्धनलाई तोडेर नेपालको पहिलो पार्टी एमाले बन्नु कार्यकर्ताहरुको अथक मिहेनतको परिणाम भएको भन्दै कार्यकर्तालाई धन्यवाद दिए ।
आगामी निर्वाचन एमालेलाई अझ बलियो र लोकप्रिय बनाउन नेतादेखी कार्यकर्ताहरुलाई प्रशिक्षित,सुदृढ र सक्रिय बनाउन मिसन ग्रासरुट अभियान संचालन गरिएको बताउदै उनले अब एमाले अझ परिस्कृत र नयाँ बन्ने विश्वास व्यक्त गरे ।