महिलाहरु आफनो अधिकार बारे सचेत हुनुपर्छ ः सांसद गुरुङ

पोखरा, मंसिर १७ गते । गण्डकी प्रदेश सांसद मिना गुरुङले महिलाहरु आफना अधिकार बारे सचेत र सजग हुनुपर्नेमा जोड दिनुभएको छ ।महिला मावन अधिकार रक्षक सञ्जालले बुधबार पोखरा महानगरपालिका वडा नम्वर ३० मा आयोजना गरेको लैंगिक हिंसा बिरुद्वको १६ दिने अभियान अन्र्तगत प्रजनन् स्वास्थयमा सुरक्षित गर्भपतन सेवा र अधिकार कार्यक्रममा बोल्दै उहाँले प्रजनन अधिकार महिला बारे कानुन बनेपनि धेरै महिला दिदिबहिनीहरलाई थाहा नहुदाँ असुरक्षित गर्भपतन गराउन बाध्य हुनुपरेको समेत बताउनुभयो ।

उहाँले बर्तमान सरकारले महिला हिंसा रोक्न र दोषिलाई कडा कारबाही गर्न कानुन संसोधन गरेको बताउनुभयो । समाजमा बढिदो हिंसालाई रोक्न सरकार, नागरिक र प्रशासनको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । हिंसा अन्त्यका लागि महिला पुरुषको समान सहभागीता हुनुपर्नेमा समेत सांसद गुरुङले जोड दिनुभयो ।

महिला मानव अधिकार रक्षक सञ्जालका सदस्य एवं सहकर्ता भिमा पौडेलले प्रजनन स्वास्थ्य अधिकार बारे सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्पन सञ्जालका सदस्य इन्दीरा तिवारीले गर्नुभएको थियो ।

कार्यक्रममा पोखरा ३० का वडा अध्यक्ष श्रीराम पोखरेल, वडा सदस्य रमा नेपाली, शारदा बास्तोला, वडा सचिव दुर्गा न्यौपाने, महिला मानव अधिकार रक्षक सञ्जालका सचिव विना पुन मगर, कोषाध्यक्ष केशु भुजेल लगायतले लैंगिक हिंसा र महिलाको प्रजनन् अधिकार बारे आआफनो भनाई राखेका थिए । कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारा थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...