पोखरामा दोस्रो विद्यालयस्तरीय राष्ट्रिय ब्याडमिन्टन हुने

बैशाख २७ देखि ३० गतेसम्म पोखरा रंगशालामा हुने छ ।प्रतियोगिता मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसन र पोखरा महानगरपालिका  खेलकुद विकास समितिकाे संयुक्त आयोजनाा हुने आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

 

प्रतियोगितामा ९ विधामा प्रतिस्पर्धा हुने मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसनका महासचिव वरदान लामाले जानकारी दिए ।

 

 

 

उनका अनुसार निम्न माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स, माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्स विधामा राष्ट्रियस्तरको प्रतिस्पर्धा हुनेछ ।

 

 

 

कास्की जिल्ला वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्ससँगै ३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्समा खुला प्रतिस्पर्धा हुने लामाले बताए ।

 

 

निम्न माध्यमिक तहस्तरीय छात्रछात्रा सिंगल्स प्रतिस्पर्धाका विजेताले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

 

 

माध्यमिक तहस्तरीय छात्रछात्रा सिंगल्स, कास्की जिल्लाको वडास्तरीय पोखरा महानगरपालिका खुला महिला पुरुष डबल्सका उपाधि विजेताले जनही ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

दोस्रो र तस्रो हुनेले क्रमशः २० हजार र १० हजार रुपैयाँको साथमा मेडल प्राप्त गर्नेछन् । माध्यमिक तहस्तरीय छात्र छात्रा सिंगल्समा उत्कृष्ट एक जना खेलाडीले माउन्टेन बाइक पाउने आयोजकले जानकारी दिएको छ ।

 

३५, ४५ र ५५ वर्षमाथिको मास्टर डबल्स खुलामा विजेता, दोस्रो र तेस्रोले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँको साथमा मेडल हात पार्नेछन् ।

 

देशभर फैलिएका उदीयमान प्रतिभालाई एकीकृत गर्दै राष्ट्रका लागि अनुशासित खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने भुगोल  फाउण्डेसनका महासचिव लामाले बताए ।

 

उदयमान १२ वर्षमुनिदेखि ५५ वर्षमाथिसम्मका खेलाडी प्रतियोगितामा सहभागी हुने उनको भनाइ छ । उनका अनुसार ३ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...