जनप्रिय माविमा विद्यार्थीसंग न्यायिक समिति कार्यक्रम

पोखरा , जेठ २१ गते । स्थानीय सरकारकाे न्यायपालिकाकाे रुपमा रहेकाे न्यायिक समितिकाे गठन प्रकिया र कार्यक्षेत्र बारे जानकारी गराउने उदेश्यले विद्यार्थीसंग  न्यायिक समिति कार्यक्रम सञ्चालन गरिएकाे छ ।

 

देश संघीय शासन व्यवस्थामा प्रवेश गरेसंगै नागरिकलाई छिटोछरिताे न्याय प्रदान गर्ने उदेश्यले नेपालकाे संविधानमा  न्यायिक समितिकाे व्यवस्था गरिएकाे छ ।यसकाे  महत्त्व, यसले निरुपण गर्ने विवादका विषयमा प्रचार गर्ने उदेश्यले विद्यालयस्तरबाटै कार्यक्रम सञ्चालन गरिएको पाेखरा महानगरका उपप्रमुख एंव न्यायिक समिति संयाेजक मञ्जुदेवी गुरुङले बताउनुभयाे ।

 

प्रेेस क्लव गण्डकीकाे आयाेजना र महानगर न्यायिक समितिकाे सहकार्यमा विद्यार्थीसंग न्यायिक समिति कार्यक्रमकाे सुरुवात गरिएको हाे । पाेखरा महानगर न्यायिक समितिले विद्यार्थी, ज्येष्ठ नागरिकसंग न्यायिक समित कार्यक्रम सञ्चालनका लागि बजेट विनियाेजन गरेकाे थियाे ।

पहिलाे कार्यक्रम अन्तर्गत  जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थीसँग पोखरा महानगर न्यायिक समितिले अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न  भएकाे हाे  । 

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले विद्यार्थीलाई न्यायिक समितिको औचित्यबारे जानकारी दिन कार्यक्रम गरिएको बताउदै विद्यार्थीका माध्यमबाट घरघरमा यसकाे संवैधानिक व्यवस्था, गठन प्रकि्या र क्षेत्राधिकारबारे  जानकारी गराउने कार्यक्रमकाे उदेश्य भएकाे बताउनुभयाे ।

 कानून सबैले जान्नुपर्ने विषय भएकाले विद्यार्थीहरूका लागि महत्वपूर्ण हुने उहाँकाे भनाई छ । “एकदमै महत्वपूर्ण विषयबारे तपाईंहरूलाई प्रशिक्षण दिन कार्यक्रम गरिएकाे हाे । जानिसकेपछि घरमा गएर आममाबुबा दिदीबहिनी छिमेकीलाई भन्नुहुनेछ भन्ने आशा लिएका छौँ,” उनले भनिन्, “यसले के काम गर्छ। यसको काम कर्तव्यबारे  दिनुहुनेछ। त्यो घर परिवारका सदस्य छिमेकमा पनि भन्नुहोला।”



गण्डकी प्रेस क्लबका अध्यक्ष एकराज गिरीले नयाँ विषयबस्तू भएकाले सबैले बुझ्न आवश्यक रहेको बताउनुभयाे । “न्यायिक सम्पादन सर्वसाधारणका लागि खर्चिलो र झन्झटिलो भएकाले सरल र सर्वसुलभ रुपमा न्याय प्रदान गर्न न्यायिक समितिकाे व्यवस्था गरिएकाे बताउनु भयाे ।याे नयाँ व्यवस्था भएकाले व्यापक प्रचार प्रसारका लागि याे  कार्यक्रम प्रभावकारी  हुनेछ,” उनले भने।पोखरा महानगरका ४ विद्यालयमा प्रेश  क्लव गण्डकीले कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयाे । 



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम बराल र प्रधानाध्यापक देविप्रसाद बस्ताकोटीले विद्यार्थीहरुलाई न्यायका बारे अन्तक्रिया कार्यक्रम लिएर आएकोमा खुसी व्यक्र गर्गनुभयाे । पोखरा महानगर न्यायिक समिति सदस्यद्वय कालिदास पोखरेल, भावना श्रेष्ठले यसकाे गठन प्रकिया र  अहिले भैरहेका अभ्यास बारे विद्यार्थीलाई सहजिकरण गर्नुभएकाे थियाे भने महानगर न्यायिक समितिका अभिलेख संरक्षक राममणी  अधिकारी  र  मेलमिलाप सहजकर्ता सोम लम्सालले न्यायिक समितिकाे अधिकार क्षेत्र बारे प्रशििक्षण दिनुभएकाे थियाे ।

 

 

कार्यक्रमकाे सञ्चालन प्रेेस क्लव गण्डकीका सचिव गाैरव त्रिपाठीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...