बालहित संरक्षण समितिकाे अध्यक्षमा कार्की

पाेखरा, साउन २६ गते । बालहित संरक्षण समिति कास्कीकाे आठाै साधारण सभा एवं चाैथाे अधिबेशन शुक्रबार सम्पन्न भएकाे छ । अधिवेशनले गाेकुलबहादुर कार्कीकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे ।

अधिवेशनकाे उद्घाटन पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले गरिन । उद्घाटनपछि बाेल्दै उपप्रमुख गुरुङले बालबालिका देशका भविष्य र कर्णधार  भएकाे बताउदै उनिहरुकाे विषय र अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जाेड दिइन ।

 

 

उनले बालअधिकार संरक्षणका विषयमा कानुन र  समिति बनेकाे बताउदै बालहित संरक्षण समितिसंग हातेमालाे गरेर जान महानगर तयार रहेकाे बताइन ।उनले सन् २०३० सम्म बालमैत्री महानगर घाेषणा गर्नुपर्ने उल्लेख गर्दै  विभिन्न कारणले पाेखरा बालमैत्री महानगर घाेषणा हुन नसकेकाे बताइन ।

 

 

वडा नम्बर ७ का वडा अध्यक्ष राममाेहन आचार्यले वडाले वार्षिक रुपमा समितिलाई बजेटकाे व्यवस्था गर्ने प्रतिबद्वता ब्यक्त गरे । उनले  प्रभावकारी र नतिजामुखि कार्यक्रम गर्नुपर्नेमा जाेड दिए । समन्वय गरेर काम गराैँ ।तर राम्रो काम गराैँ उनले भने ।

 

कार्यक्रममा संस्थाकाे विकासमा सहयाेग गरेकाे भन्दै विष्णु बराललाई सम्मान समेत गरिएको थियाे ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...