जुवा खेलिरहेका आठ जना पक्राउ

पाेखरा, पुस २३ गते ।पाेखरा महानगरपालिका-१२ चापापानीमा जुवातास खेलिरहेकाे अवस्थामा  आठ जना पक्राउ परेका छन् ।

एक लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएकाे कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

 

पक्राउ परेकामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा पाँच म्याद थप गरी अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...