पाेखरा, माघ १८ गते ।त्रिभुवन आर्मी आहा रारा पाेखरा गाेल्ड कपकाे फाइनलमा प्रवेश गरेकाे छ ।पाेखरा रंगशालाकाे फुटबल मैदानमा बिहीबार भएकाे अन्तिम सेमिफाइनल खेलमा आर्मीले चर्च ब्वाइज क्लबलाई २-१ काे कठिन नतिजा निकाल्दै छैठौं पटक आहा राराकाे फाइनलमा स्थान पक्का गर्दा चर्च ब्वाइजले प्रतियाेगितामा सेमिफाइनलबाटै यात्रामा पूर्णविराम लगाउदै घर फर्कियाे ।
आर्मीलाई सेमिफाइनल पुर्याउन दिनेश हेम्जन र रसबहादुर मगरले एक/एक गाेलकाे याेगदान दिए । थ्रीस्टारले आहा रारामा ५ पटक उपाधि उचालेकाे छ भने त्रिभुवन आर्मी पाँचौ पटक सम्म फाइनल पुगेपनि उपाधिविहीन बनेकाे छ ।
पाेखराकाे मैदानमा थ्री स्टार र आर्मी उपाधिका लागि फेरि आमनेसामने हुने पक्का भएकाे छ। आर्मीले थ्री स्टार क्लब बिच शनिबार उपाधिका लागि भिडन्त हुने छ । आर्मी र थ्रीस्टार २०७५ मा सँगै फाइनल भिडेका थए । त्यतिबेला थ्री स्टारले पेनाल्टी सुटआउटमा बाजी मारेको थियो । फेरि आर्मीलाई बदला लिने अवसर समेत मिलेकाे छ ।
बिहीबारकाे खेलमा आर्मीले गाेलकाे खाता खाेल्दै अग्रता लिएकाे थियोे । ६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई अग्रता दिए ।एक गाेलले पछाडि परेकाे चर्च ब्वाइजले खेलमा लय समात्दै बराबरी गाेल गर्दै खेल १-१काे अवस्थामा ल्यायाे। निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे ।अतिरिक्त समयमा आर्मीले गाेल थप्दै फाइनलकाे यात्रा पक्का बनायाे ।।
आर्मीका हेम्जनले करिब ३० यार्डमा पाएको फ्रिकिकलाई कुनै गल्ती नगरि बललाई पाेष्टकाे दिशा देखाए पछि अग्रता लियाे । ६१ औं मिनेटमा पेनाल्टी बक्स नजिकै उनलाई चर्चब्वाइजका सन्तोष खत्रीले लडाउएपछि फ्रिकिक प्रहारकाे माैका पाए र उनले सदुपयोग गरे ।उनकाे प्रहार ब्वाइजका गोल रक्षक सन्तोष महतले रोक्ने माैकानै पाएनन् ।
एक गाेलले पछाडि परेकाे चर्चले खेलमा सुधार गरेपछि ८५ आै मिनेटमा गाेल गर्दै खेल अतिरिक्त समयमा धेकेलियाे । खेलको ८५ औं मिनेटमा चर्चब्वाइजका समीर तामाङले गोल गरे । उनको गोलसँगै नतिजा बराबरीमा पुगेपछि खेल अतिरिक्त समयमा पुग्यो ।९९ आै मिनेटमा आर्मीका तर्फबाट रसबहादुरले गाेल गरे ।उनले गरेकाे गाेलले फेरि एक पटक आर्मीले आहा राराकाे उपाधि भिडन्त का लागि थ्री स्टारसंगकाे भेट पक्का बन्याे ।