पोखरा-आहा रारा पाेखरा गाेल्ड कप फुटबल प्रतियाेगिताकाे उपाधिकाे छिनोफानो आज हुदै छ ।
थ्रीस्टार पाँच पटकको विजेता र त्रिभुवन आर्मी क्लब पाँच पटकको फाईनलिष्ट टोली हुन । पोखराको मैदानमा आज आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणको उपाधि भिडन्त यी दुई टोली बीच हुदैं छ ।
फरक यत्ति छ कि उपाधि उचालेर पोखराको मैदानमा दुईदशक देखिको खडेरी तोड्ने लक्ष्यमा आर्मी छ । उपाधिमा नाम लेखाउने सपना छ । थ्रीस्टार भने आर्मीलाई फेरी उपविजेतामै सीमित राखेर छैटौं पटक पोखरामा उपाधि उचाल्ने योजनामा छ ।
दुवैको उपाधि प्रतिस्पर्धा पोखराको मैदानमा फेरी एकपटक पुनराबृत्ति हुने छ । दर्शकले २०७५ सालको फाईनललाई सम्झने छन् । त्यतिबेला आर्मी पेनाल्टी सुटआउटमा थ्रीस्टारसँग पराजित हुदैं उपविजेतामा चित्त बुझाएको थियो । दुई विभागीय क्लबले उपाधि जितिसकेका छन् ।
हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले नगद १२ लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले नगद ६ लाख रुपैयाँ प्राप्त गर्ने छ । फाईनलसँगै आयोजक सहारा क्लबले २३ औं संस्करणलाई शनिबार विट मार्ने छ ।