पोखरा । पोखरा महानगरपालिका वडा नं १३ मा स्थापना गरिएको काहुँखोला भाट समाजको १४ औं साधारण सभा तथा छैठौं अधिबेशनबाट श्रीराम रानाभाटको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
समाजको उपाध्यक्षमा गोकुल रानाभाट, कोषाध्यक्षमा शारदा रानाभाट, सचिबमा सुजु रानाभाट, सहसचिबमा बिष्णु कुमारी रानाभाट र सदस्यहरुमा सृजना रानाभाट, महराज रानाभाट, रुकबिना रानाभाट, अमृता रानाभाट, सुर्य अधिकारी भाट, बिष्णु रानाभाट सर्ब सम्मत रुपमा चयन भएका छन् ।त्यसै गरी सल्लाहकारमा ज्यो. रुद्र रानाभाट, सु. भिम बहादुर रानाभाट, शान्ती रानाभाट, लेखनाथ रानाभाट, पितृराज रानाभाट, चन्द्रबहादुर रानाभाट र एकदेब रानाभाट सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रानाभाट तथा भाट समाजका पुर्व केन्द्रिय उपाध्यक्ष तिलक रानाभाटले कार्यक्रमको उद्घाटन गर्दै समाजले अनुकरणीय कार्य गरेको बताए ।सो अबसरमा गण्डकी प्रदेश कोषाध्यक्ष ज्यो.रुद्र रानाभाट, कास्की जिल्ला अध्यक्ष सुर्यबहादुर रानाभाट, शान्ति रानाभाट, मिनबहादुर रानाभाट लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सोही अबसरमा समाजका अग्रज अभिभावकहरु बिद्धबहादुर रानाभाट र जयकृष्ण रानाभाट, समाजलाई विधिवत वनाउन तथा भवन निर्माणमा अध्यक्षको भूमिका निर्वाह गरेका पितृराज रानाभाट, संस्थापक अध्यक्ष शान्ति रानाभाट, आर्थिक सहयोगदाता मिनबहादुर रानाभाट र समाजसेवी चन्द्रबहादुर रानाभाटलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
समाजका अध्यक्ष सु. भिमबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार चन्द्रबहादुर रानाभाटले स्वागत र सचिव सुर्यबहादुर रानाभाटले संचालन गरेका थिए ।