पोखरा/ गाईजात्रा पर्व पोखरामा मनाइएको छ । विशेष गरि गाइजात्रा पर्व नेवार समुदायले मनाउने गर्छन । तर पछिल्लो पोखरामा यो पर्वमा सबैको सहभागीता हुने गरेको छ । आज निकालिएको गाईजात्रामा सवै समुदायका मानिसहरुको सहभागीता रहेको देखियो । सबैको साझा पर्वका रुपमा मनाउने संस्कार विकास भएको छ ।
विशेष गरि यो पर्व घरमा कसैको मृत्यु भएमा त्यसैबर्ष जनैपूर्णिमाको भोलीपल्ट प्रतिपदाको दिन पितृ उद्धारार्थ मृत्यु हुने व्यक्तिको लुगा, गरगहनालाई सजिसजाउ गरी महिला भए गाई र पुरुष भए गोरुको कलात्मक मुकुण्डो वनाई वजार परिक्रमा गर्ने गरिन्छ ।
प्रारम्भ काठमाण्डौं उपत्यकाका तात्कालिन राजा प्रताप मल्लले पुत्र वियोगमा रहेकी आप्mनी रानीको मन वहलाउनका लागि यो त्राजा सुरु गरेको भन्ने प्रचलन रहेको छ ।
विशेष गरि काठमाडौ, भक्तपुर पोखरा लगायतका ठाँउमा विशेष रुपमा मनाउने गरिन्छ । गाईको पुच्छर समातेर बैतनी गर्ने पौराणीक मान्यता छ ।
पछिल्लो सयम तायमचा सवै जातीले नाच्ने गरेको उनी बताउछन् । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन ।
यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।