काठमाडौं, पुस १४ गते । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो ।
त्यसपछि विमानमा आगो लागेको थियो दक्षिण कोरियामा भएको विमान दुर्घटनामा ४७ जनाको मृत्यु भएको छ ।विविसीका अनुसार यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । जेजु विमान दुर्घटनामा परेको हो । सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए ।