पुजीबजारलाई सुदृढीकरण गर्नुपर्छ :सचिव पाण्डे

पाेखरा,माघ ९ गते ।नेपाल धितोपत्र बोर्ड र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा पूँजी बजारसम्बन्धी ज्ञान आदानप्रदान र क्षमता विकासका लागि एक दिने तालिमको आयोजना गरिएको छ ।

तालिमको उद्घाटन गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयका सचिव राजेन्द्र पाण्डेले गर्नुभयाे ।उहाँले पुजीबजार सुदृढीकरण गर्नुपर्ने बताउनुभयाे ।पुजीबजारकाे ब्यापकता पाएकाे भएपनि विदेशी लगानी प्रवर्दन गर्न नसकिएको उहाँले बताउनुभयाे।

 

 

नेपाल धिताे पत्र बाेर्डका उपकार्यकारी निर्देशक निरन्जय घिमिरेले नेपालमाल विट् पत्रकारीताकाे विकास भएकाे बताउनुभयाे ।उहाँले पुजीवजार संवेदनशील क्षेत्र भएकाे बताउदै संचार माध्यममा आउने समाचारले जनमानसमा छिटाे प्रभाव पार्ने भएकाले विज्ञता राख्नुपर्ने बताउनुभयाे ।

 

 

तालिममा  नेपाल धितोपत्र बजारको संरचना र कार्यप्रणाली, दोस्रो बजारमा राफसाफ तथा फछ्यौट व्यवस्था,एसएमई प्लेटफर्म र वस्तु विनिमय बजारको नियमन,नेपालको पूँजी बजारमा भएका पछिल्ला विकासहरूका बारेमा तालिम दिइनेछ ।

 

 

तालिमकाे उद्घाटन कार्यक्रम नेेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पाैडेलकाे अध्यक्षतामा र  महासचिव जमुना वर्षा शर्माले संचालन तथा स्वागत उपाध्यक्ष प्रकाश पाैडेलले गर्नुभयाे । तालिम आज दिनभर चल्ने छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...