चर्चब्वाईज क्वाटरफाइनल पुग्दा एनआरटी सडन डेथकाे सिकार

पाेखरा,माघ २४ गते । एनआरटीलाई सडन डेथकाे सिकार भएकाे छ । पाेखरा रंगशालामा जारी २४ औं आहा रारा पोखरा गोल्डकपको आजकाे खेलमा चर्च ब्वाईज युनाईटेडले एनआरटीलाईफसडन डेथमा ६-५ ले पाखा लगाउदै क्वार्टर फाईनल प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थालाई बराबरी गरेको चर्च ब्वाईजको भाग्य सडन डेथमा उदायो । एनआरटी भने सडन डेथमा पराजित हुदै फर्कियाे ।

एनआरटीले खेलको २५ औं मिनेटमा अग्रता लियो । तर दोस्रो हाफमा पेनाल्टीको सामना गरेपछि एनआरटीले निर्धारित समय चर्च ब्वाईजसँग १—१ को बराबरीमा टुग्यायो । रिचार्ड विल्सनले २५ औं मिनेटमा गोल गर्दै लिएको अग्रतालाई चर्च ब्वाईजले पेनाल्टी मार्फत बराबरी गर्दै खेलमा फर्कियो । ६४ औं मिनेटमा नविन लामाले पेनाल्टीमा गोल गर्दै चर्च ब्वाईजलाई खेलमा फर्काए । निर्धारित समय दुबै टोलीले बराबरीमा खेले । थपिएको समयमा समेत गोलरहित हुदाँ खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

 

पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि सडन डेथमा चर्च ब्वाईजले जित निकाल्दै क्र्वाटरफाईनल प्रवेश गर्दा एनआरटी भने बाहिरियाे । एनआरटीका गोलकिपर विशाल सुनार, अन्जन विष्ट, सुमित श्रेष्ठ, जय गुरुङ र रवि लोप्चनको पेनाल्टी गोलमा परिणत भयो । रिचार्ड विल्सन, जन्मदेव धामी र मिचेल मगरको प्रहार गुम्यो ।

 

उता चर्च ब्वाईजको तर्फबाट गोलकिपर टिकेन्द्रसिंह थापा, अकिन्स बाफोर,प्रशान्त लक्सम, नविन लामा,अबायोमी र मिलन राईको प्रहार सदुपयोग हुदाँ सकल रेग्मी र राज भुषालको प्रहार खेर गएको थियो । खेलमा चर्च ब्वाईजका गोलकिपर टिकेन्द्रसिंह थापा प्लयेर अफ दि म्याच घोषित भए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...