पोखरा, माघ २५ गते ।लेकसाईड क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई ६५ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की जिल्ला टी–२० क्रिकेट लिगमा पहिलो खेलमा लेखनाथ युथ क्रिकेट क्लबलाई ४७ रनमा समेट्दै लेकसाईडले पहिलो जित दर्ता गर्यो ।
टस जितेर व्याटिङ रोजेको लेकसाईडले निर्धारित २० ओभरमा ११२ रन बनायो । ओपनर सन्तोष जोशी गोल्डेन डकआउट भए । अर्का ओपनर केशव सुनारले २० रन बनाए । पाँचौ नम्बरमा आएका नविन खनालले २९ रन बनाउँदै टोलीलाई उकास्ने प्रयास गरे । दोर्जे लामाले १६ रन बनाउँदा हरिशंकर तिवारीले १३ रनको योगदान गरे । सुवास बास्तोलाले दुई,दिपक बरालले दुई विकेट लिए ।
जवाफी व्याटिङ गरेको लेखनाथ भने ४७ रन बनाउने क्रममाा सबै विकेट गुमायो । विवेक बरालले १२ रन बाहेक अन्य व्याटरले दोहोरो अंकको रन बटुल्न सकेनन् । प्रदीप पेलाले सर्वाधिक ५ विकेट लिए ।
यसैगरी अर्को खेलमा राईजिङ क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबलाई ११ रनले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जित्दै राईजिङले अनिष राउतको ३८ रनको योगदानमा १२६ रनको योगफल तयार पार्यो । ओपनर अनिल गुरुङले १६ रन बनाए । निर्मल शाहीले २३ रन बनाउँदा राउतले ३८ रनको योगदान गरे । उनले ३८ बल खेल्दै ५ चौका प्रहार गरेका थिए । नविन पोखरेल भने २२ रनमा अविजित रहे । रत्नचन्द्र तिवारी, कविन सापकोटा र रितेश बरालले समान एक एक विकेट लिए ।
१२७ को लक्ष्य पछ्याएको माछापुच्छ«े क्रिकेट क्लब भने ११६ रनमा समेटियो । ओपनर आशिष न्यौपानेले ६० बल खेल्दै ४५ रन बनाए । अभिषेक थापा १९ रनमा एलबीडब्लु धरापमा परे । पूर्ण जी.टी १५ रनमा बोल्ड भएसँगै धरासायी बन्न पुग्यो । समीर भुजेलले ३ र अनिलले दुई विकेट लिए । समीर खेलमा प्लयेर अफ दि म्याच घोषित भए ।