पाेखरा । सांगीतिक विरासत फर्काउन पोखरामा आज शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा आज यो कार्यक्रम गर्न लागेको हो । आज साँझ ५ बजेदेखि १० बजेसम्म हुने जनाईएको छ ।
नब्बेको दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउन कार्यक्रम गर्न लागेको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल ७ वटा व्याण्डहरुले प्रस्तुती दिनेछन् ।
कार्यक्रम संयोजक श्रेष्ठका अनुसार कन्दरा (विवेक श्रेष्ठ)ले कन्दराले भोलि तगारोमा रुमाल राखी, तिमी पारी र लेककी हे माया गीतहरु गुञ्जाउनेछ ।
डि–मर्चा व्याण्ड (भाष्करध्वज श्रेष्ठ)ले भोलि झ्याम्म झ्याम्म, कैलाशैमा, झ्याम्मै चौतारी र तारा खस्यौली गीत गाउने छन् ।
पोखरा सांगीतिक कलाकार संघका अध्यक्षसमेत रहेका लेकाली व्याण्डका हर्कराज गुरुङ –भाई र नवीन गुरुङले पालैपालो यो मुटुमा, सपनीमा, कहाँबाट र पहिलो नजर गीत गुञ्जाएर दर्शकलाई फरक स्वाद पस्कनेछन् ।
कार्यक्रममा देउराली व्याण्ड (शान्त बज्राचार्य)ले देउरालीले ढुंगे साँघुको मेलामा, लुकीचोरी र सररर हावा गीतहरु प्रस्तुत गर्दा ब्रोसिस व्याण्ड (प्रकाश राना)ले चाईना कम्पनी र जादू तिम्रो नजरले गुञ्जाउनेछन् ।
कार्यक्रममा मध्याह्न व्याण्ड (कर्णदास र कुमार गुरुङ)ले जिन्दगीको के भरोसा र मन मनै मन पराई सकेछु गीत गुञ्जाउँदा भेगाबोण्ड व्याण्ड (श्यामसुङ तामाङ)ले यो जिन्दगानी र उकाली चढी गीतहरु प्रस्तुत गर्नेछन् ।
व्याण्डहरुको राजधानी पोखराको विरासत फर्काउन कार्यक्रम कोशेढुंगा सावित हुने आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । ९० को दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको उक्त सांगीतिक विरासत फर्काउन कार्यक्रम गर्न लागिएको उनले बताए ।