भूमि समस्या समाधान आयोग कास्कीका पदाधिकारी तथा सदस्यलाई बधाई

पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्च कास्कीको आयोजनामा मंगलबार आयोजित भूमि समस्या समाधान आयोग कास्कीका प्रमुख बैनबहादुर गुरुङलगायत सदस्यहरुलाई बधाई संगै समस्या समाधान नभए आन्दोलनमा जाने वताएका छन् ।

बधाई ज्ञापन तथा अन्तरक्रिया कार्यक्रममा सहभागिले भूमि समस्या समाधान आयोग कास्कीका पदाधिकारीहरुसंग आफ्ना समस्या राख्दै अब पनि आयोगले काम गरेर समस्या समाधान गर्न नसकेमा आन्दोलनमा जानुको विकल्प नरहेको वताएका छन् ।

 

कार्यक्रममा कास्की जिल्ला भित्र गठन भएका गाउँ, नगर, टोल मञ्चका अगुवाहरुले आफुहरुलाई राजनिति दलको गोटीको रुपमा प्रयोग गरिएको भन्दै अब सुकुम्बासीको समस्या हल नगरे सबै पार्टीका नेताहरुको घरमा, अफिसमा, नगरपालिका, वडा सबै निकायमा आफुहरु आन्दोलन गर्न वाध्य हुने वताएका थिए ।

 

भुमि समस्या समाधान आयोग कास्कीका बैन बहादुर गुरुङले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अव्यवस्थित वसोबासीहरुको समस्याहरुको बारेमा जानकार रहेको वताउँदै तथ्य र प्रमाणको आधारमा टेकेर राज्यले दिएको निति नियमको अधिनमा रहि आफ्नो कर्तव्य निर्वाह गर्ने वताएका थिए ।

 

राष्ट्रिय भूमिअधिकार मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्दै पहिले गठन भएका आयोग भन्दा यो आयोगलाई वढि अधिकार दिएको आफुलाई लागेको वताउँदै सुकुम्बासी वस्तीहरुबाट काम सुरु गर्न आग्रह गरेका थिए ।

 

मञ्च कास्कीकी सचिव, पोखरा–१५, मजुवा, द्धारेखरबारी निवासी कुमारी गुरुङले भगवतीटारमा पहिलोले धनजनको क्षति भइ २०३३ सालमा सरकारले वसोवासको लागि दिएको जग्गामा अहिले चुहिएका टिनका छाना फेर्न नपाएको, खानेपानीको स्थायी समाधानको लागि सबै निकायबाट सहयोग पाउँदा पनि लान नसकिएको लगायतका समस्या राखेकी थिइन् ।

 

सो अवसरमा राष्ट्रिय भूमि अधिकार मञ्च आवद्ध रामबहादुर लामिछाने, टेकबहादुर पुन, लेखमाया थापा, शशि गुरुङलगायतले सुकुम्बासी समस्या चाँडो समाधान गर्न आयोगका पदाधिकारी समक्ष आग्रह गर्दै त्यसको लागि आफुहरुले साथ दिने वताएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...