कोटिहोम महायज्ञ उपयुक्त स्थानमा भएको छ,सबै मिलेर सफल पारौंः वडा अध्यक्ष दिवशमान प्रधानाङ्गा

पाेखरा,बैशाख ६ गते ।पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा अहिले स्थानिय भक्तजन लगायत अन्य साधुसन्त र स्थानिय लब्धप्रतिष्ठित संगै राजनेताहरुको उपस्थिती बड्दै गएको छ ।

 

यसैविच सनिवार देवी प्रतिभाले कथा प्रवचन सुरु गरेको पहिलो दिन प्रमुख अतिथीको रुपमा पोखरा महानगरपलिका वाड नं. २ का वडा अध्यक्ष दिवशमान प्रधानाङ्गाको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी भएका वडा अध्यक्ष दिवशमान प्रधानाङ्गाले पोखराको कोटिहोम महायज्ञ उपयुक्त स्थानमा सञ्चालन भएको बताएका छन् । त्यस्तै यस प्रकारको धार्मिक अनुष्ठानले पोखराबासीको पहिचानलाई थप बलियो बनाएको उनको भनाई रहेको थियो ।
“ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ सुन्दर नगरी,जनसंख्या लगायतको हिसावले उपयुक्त रहेको स्थानमा सञ्चालन भएको छ । यो सफल बनाउन हामी सबै नेपालीको कर्तव्य हो,अझ पोखराबासी तपाई हामी सबैको त महत्वपूर्ण जिम्मेबारी हो । ” अध्यक्ष दिवशमान प्रधानाङ्गाले थपे – “पोखरा आफै पर्यटकिय नगरी हो,यसलाई विश्वव्यापी बनाउन र पर्यटन बर्ष सफल पार्नको लागि अत्यन्तै महत्वपूर्ण भूमीका खेल्ने छ । ”
सनिवार देवी प्रतिभा जी ,आचार्य शिततल कृष्ण महाराज लगायतको कथा प्रवचन गरेका थिए ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...