लायन्स कप भलिबलः एपिएफलाई हराउँदै आर्मी तेस्रो

पोखरा ।पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो बनेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा सशस्त्र प्रहरी बल  (एपिएफ) लाई ३–१ को सेटमा पराजित गर्दै आर्मीले तेस्रो स्थान हासिल गरेको हो


पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेट २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो । तेस्रो हुने आर्मीले १ लाख ४४ हजार ४४४ प्राप्त ग¥यो ।

 

फाइनल खेल पनि आजै हुनेछ । दिउँसो ४ बजेबाट सुरु हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र इरानी टोलीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...