वर्ष उत्कृष्ट प्रशिक्षकमा राजेन्द्र, रमेश र नीरजको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड ?

पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । यसमध्ये उत्कृष्ट प्रशिक्षक तर्फको विधामा फुटबलका राजेन्द्र तामाङ, भलिबलका रमेश केसी र टेनिसका नीरज थापा उत्कृष्ट तीनमा परेका छन् ।

राजेन्द्र तामाङ, फुटबल
कास्कीका राजेन्द्र तामाङ फुटबल क्षेत्रका उत्कृष्ट प्रशिक्षकको रुपमा चिनिन्छन् । उनी हाल नेपाली महिला राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक हुन् । तामाङ वाफ महिला च्याम्पियनसिप २०२४ मा नेपालका प्रमुख प्रशिक्षकको अनुभव बटुलिसकेका छन् । उनी अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेका प्रशिक्षकहरुको संगठन नेपाल फुटबल प्रशिक्षक संघको अध्यक्ष समेत हुन् । त्यस्तै उनले सन २००६ मा सि, सन २०११ मा बि र सन २०१६ मा ए ग्रेडको प्रशिक्षक लाईसेन्स प्राप्त गरिसकेका छन् ।

 

त्यस्तै २०८१ फागुनमा सम्पन्न फोर नेसन्स कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाली टोलीको मुख्य प्रशिक्षक रहेका थिए । त्यसैगरि तामाङ मनाङ मस्र्याङ्दी क्लब, थ्रिस्टार क्लब, विभागीय नेपाल एपीएफ क्लबको पुर्व प्रशिक्षक समेत हुन् ।रमेश केसी, भलिबल

भलिवलका पूर्व राष्ट्रिय खेलाडी स्याङजा घर भएका रमेश केसी हाल गण्डकी प्रदेश भलिबल संघको मुख्य प्रशिक्षक हुन् । उनी तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रको २०६६ देखि २०७५ सम्म भलिबल टिमका कप्तान बनिसकेका छन् । त्यस्तै केसी आठौ पोखरा स्पोट्र्स अवार्ड २०८० अन्र्तगत उत्कृष्ट प्रशिक्षकको अवार्ड समेत पाईसकेका छन् भने नेपाल भलिबल संघद्वारा २०८० मा वर्ष उत्कृष्ट प्रशिक्षकको रुपमा सम्मानित भइसकेका छन् ।

 

 

 विसं. २०४९ सालमा काठमाडौं रंगशालामा रहेको टेनिस कोर्टमा बल टिप्ने र कोर्ट मर्मत गर्न जाने नीरज, अरुले खेलेको हेरेर खेल्न थाले । २०५४ सालमा बल टिप्न र कोर्ट बनाउन पोखरा आएका उनी पोखरामा पनि बल टिप्दै गर्दा ¥याकेट चलाउन सक्न थाले । टेनिस ¥याकेट समात्न सिकेका उनी बिस्तारै बल टिप्नेबाट खेलाडी बन्न पुगे । उनले २०५८ सालमा काठमाडौँमा एक वर्षे कोचिङ ट्रेनिङ लिए ।

 

त्यसपछि भने उनी निरन्तर कोचिङ क्षेत्रमा क्रियाशील छन् । विसं. २०५९ मा रत्न श्री जिम हलमा उनले टेनिस सिकाउँदा पोखरामा १० जना मात्र टेनिस खेल्थे भने अहिले भने १ सय भन्दा बढी टेनिस खेल्ने खेलाडी रहेको उनी बताउँछन् ।

 

अहिले निरज बिहान साँझ टेनिस कोर्टमै हुन्छन् । उनले बालकदेखि वृद्धासम्मलाई टेनिस सिकाउने गर्दछन् । नीरज थापाले अहिलेसम्म सयौँ उत्कृष्ट खेलाडी उत्पादन गरिसकेका छन् । ती मध्ये अहिले नेपालका शीर्ष वरियता खेलाडी प्रदीप खड्का पनि हुन् । पोखरालाई टेनिस सहरका रूपमा चिनाउन नीरजको ठुलो योगदान छ । उनी ‘सबैका गुरु नीरज गुरु’ भनेर चिनिन्छन् । टेनिसलाई नै व्यवसाय बनाएका नीरजले फिस्टेल एकेडेमीमा लङ टेनिस सिकाउने गर्दछन् । उनले छैटौं पोखरा स्पोट्र्स अवार्ड २०७८ मा उत्कृष्ट प्रशिक्षकको अवार्ड समेत पाइसकेका छन् ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...