मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा निःशुल्क आँखा शिविर

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशको आयोजनामा शनिवार पोखरामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । ३२ औं मदन आश्रीत स्मृति दिवसको अवसर पारेर आँखा शिविरको आयोजना गरिएको हो । शिविरमा करिव तीन सय ४७ जनाको आँखा परिक्षण गरिएको छ ।

हिमालय आँखा अस्पतालको सहकार्यमा पोखरा रंगशालामा गरिएको निःशुल्क आँखा जाँच तथा उपचार शिविरको उद्घाटन पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले गर्नुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले खेलकुदलाई महानगरले प्राथमिकतामा राखेको बताउनुभयो ।खेलकुद बालबालिका देखि ज्येष्ठ नागरिक सम्मका लागि आवश्यक रहेको बताउदै खेलकुदले स्वस्थ नागरिक उत्पादनमा भुमिका खेल्ने बताउनुभयो ।

खेलकुदले मानिसलाई मानसिक, शारीरिक रुपमा स्वस्थ राख्ने बताउदै उहाँले पोखरालाई खेलकुदको हबका रुपमा विकास गर्न महानगरपालिका खेलकुदका संघसंस्थासंग सहकार्य गरेर अगाडी बढन तयार रहेको बताउनुभयो । उहाँले आँखा संवेदनशील अंग भएको बताउदै समय समयमा जाँच गर्नुपर्नेमा जोड दिनुभयो । मदन भण्डारी स्पोर्टस एकेडेमीले शिविर राखेर राम्रो काम गरेको बताउदै आगामी दिनमा यस्ता कार्यक्रमहरु संचालन गर्न महानगरले सक्दो सहयोग गर्ने बताउनुभयो । शिविरमा आँखासम्वन्धी विभिन्न समस्या, दुरदृष्टि कमजोर, रातोपन, आँखा सुख्खा हुने, मोतिया विन्दुको परीक्षण, औषधि वितरण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङको अध्यक्षमा भएको कार्यक्रममा उपाध्यक्ष सुजन आचार्य लगायतले बोल्नुभएको थियो ।सामाजिक उत्तर दायित्व अन्तर्गतको उक्त शिविरमा पत्रकार, खेलाडीहरु, खेल प्रशिक्षक र रेफ्रीहरुले सहभागीता जनाएको अध्यक्ष गुरुङले बताउनुभयो ।मदन भण्डारी स्पोर्टस एकेडेमीले स्थापना कालदेखिनै खेलकुदका गतिविधी संगै सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको एकेडेमीका प्रदेश उपाध्यक्ष सुजन आचार्यले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...