पाेखरा, जेठ ८ गते । नवौं संस्करणको प्रधानमन्त्री कप ‘एनभीए महिला तथा पुरुष भलिबल क्लब लिग’ आजदेखि पोखरामा शुरू हुँदैछ ।
नेपाल भलिबल क्लब (एनभीए) को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फअहिले बिहान ८ बजे एपीएफ र कर्णाली प्रदेशले खेल्दैछन् ।
यस्तै बिहान १० बजे एभरेस्ट भलिबल क्लव र त्रिभुवन आर्मी क्लवले खेल्दैछन् । पुरुषतर्फ आजै दिउँसो १२ बजे एपीएफ र सुदूरपश्चिम प्रदेशले खेल्दैछन् । यसबाहेक अरु ३ वटा खेल आजै हुँदैछन् ।
प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब गरी ८ वटा टिम सहभागी छन् ।
यस्तै महिलातर्फ एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेश गरी ६ वटा टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले काभा भलिबल क्लब च्याम्पियनशिपमा खेल्ने मौका पाउनेछ । दुवैतर्फका विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्