पाेखरा,असार १ गते ।पाेखरा महानगरपालिका वडा नम्बर-५ काे प्रस्याङ ठुलीपाेखरी आमा समुहकाे आयाेजना र वडा कार्यालयकाे सहयाेगमा एक दिने उद्घघाेषण कला तालिम सम्पन्न भएकाे छ ।
तालिमको वडाअध्यक्ष विष्णुप्रसाद बरालले उद्घाटन गर्नुभयाे । उहाँ पाेखरा-५ ले अब नयाँ वडा कार्यालयबाट सेवा प्रवाह गर्ने तयारी भैरहेकाे जानकारी दिनुभयाे । हालकाे वडाकाे कार्यालय साघुराे र पुरानाे भएका कारण नयाँ भवन निर्माणकाे काम अन्तिम चरणमा रहेकाले यही जेठ पहिलाे हप्ता सर्ने र उद्घाटन एकसातापछि गरिने जानकारी दिनुभयाे ।
अध्यक्ष बरालले वडा महिला दिदिबहिनीहरकाे क्षमता विकासका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेकाे बताउदै अब राेजगार बनाउने कार्यक्रम ल्याउने बताउनुभयाे । उद्घघाेषण, कानुनी सचेतना र सिपमुलक कार्यक्रम आगामी दिनमा पनि संचालन गरिने बताउनुभयाे ।
कार्यक्रम वडा सदस्य कल्पना भुवाजी क्षेत्रीले महिलाहरुकाे क्षमता विकासका लागि धेरै कार्यक्रम ल्याएकाे र आगामी दिनमा पनि ल्याउने बताउनुभयाे ।
कार्यक्रममा धारापानी आमा समूहका अध्यक्ष भिरा केसी, पोखरेली दिदीवहिनी ” नमुना आमा समूहका “शारदा गिरी ” लगायतले बाेल्नुभएकाे थियाे ।कार्यक्रम प्रस्याङ, ठूलीपोखरी आमा समूहका अध्यक्ष पवित्रा उपाध्याय खड्काकाे अध्यक्षतामा भएकाे थियाे भने संचालन समुहका काेषाध्यक्ष भेषमाया अधिकारी भण्डारीले गर्नुभएकाे थियाे ।
तालिममा प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरी र उपाध्यक्ष राजाराम पाैडेलले सहजिकरण गर्नुभएकाे थियाे ।तालिममा धारापानी आमा समूह, पोखरेली दिदीवहिनी समूह, जनहित महिला समूह, धर्मश्यली महिला विकास समूह, ॐ नमुना आमा समूह, धारापानी टोलसुधार समिति, धारापानी वाल क्लबकाे प्रतिनिधित्व रहेकाे आयाेजकले जनाएको छ ।