काठमाडौँ, असार १३ गते । यस वर्षको माध्यामिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा.गणेश भट्टराईका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन गर्ने तयारी भैरहेको छ ।
उहाँले भन्नुभयो, “आज बेलुका ६ बजेसम्म नतिजा प्रकाशन हुने सम्भावना छ ।”यस वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो । उहाँका अनुसार एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ ।