अन्य दलसँग सहकार्य नगरे स्पष्ट बहुमत ल्याउन गाह्रो : कांग्रेस सभापति देउवा

नारायणगढ, असार १३ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले अन्य दलसँग सहकार्य नगरे स्पष्ट बहुमत ल्याउन गाह्रो हुने बताउनुभएको छ । समाजसेवी तथा कांग्रेस नेतृ गौरीदेवी प्रधानको शुक्रबार सातौँ पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले अन्य दलसँग सहकार्य नगरे बहुमत ल्याउने अवस्था नभएकै कारण वामपन्थी दलसँग सहकार्य गरिरहनु परेको बताउनुभएको हो ।

PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS

“हिजो माओवादी, अहिले एमालेसँग सहकार्य गर्नु हाम्रो बाध्यता हो । सहकार्य नगरे त चुनावमा एकल बहुमत ल्याउन गाह्रो छ”, उहाँले भन्नुभयो । उहाँले समावेशी सहभागिता संविधानको राम्रो पक्ष भएको पनि बताउनुभयो ।

 

उहाँले स्वर्गीय गौरी देवी र उहाँका श्रीमान श्यामकृष्ण प्रधान प्रजातन्त्रमा आस्था राख्ने समाजसेवी भएको बताउनुभयो । गौरीदेवी र श्यामकृष्णले छाडेर गएको योगदानलाई पार्टीले स्मरण गरि राखेको बताउनुहुँदै सभापति देउवाले अब त्यो जिम्वेवारी आफूहरुले पूरा गर्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...