सरकारी सेवा, सुविधा त्याग गर्दै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, असार १८ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा, सुविधा त्यागको पत्र गृह मन्त्रालयमा पेस गर्नुभएको छ ।पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले बुधबार सो पत्र गृहसचिवलाई बुझाइएको जानकारी दिनुभएको हो ।

गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यले पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त हुने सबै सुविधा परित्याग गरेको पत्र आज प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्व राष्ट्रपति भण्डारीलाई सुरक्षा सुविधा भने यथावत रहने छ ।आचार्यले भन्नुभयो, “पूर्व राष्ट्रपतिको हैसियतबाट पाउने आर्थिक लगायतका सबै सेवा, सुविधा नलिने भन्ने निवेदन आज प्राप्त भएको छ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...