बक्स पाेखराले खुला फुटसल प्रतियाेगिता गर्ने, विजेतालाई १लाख ७० हजार

पाेखरा, असार २२ गते । बक्स पाेखराले “खेलकुद युवाको शक्ति हो भन्ने नारा सहित खुला फुटसल प्रतियोगिता – २०८२ आयोजना गर्ने भएकाे छ ।

यहि असार २७ गतेदेखि खुल्ला फुटसल प्रतियोगिता आयोजना गर्न लागेकाे आज पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे हाे । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिता असार २९ गतेसम्म संचालन हुने छ ।

 

एक्सपोजर दिएर प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगितामा करीब ३० टिमको सहभागिता हुने आयोजकको अनुमान छ । खुल्ला फुटसल प्रतियोगिता भएकाले देशभरका जुनसुकै टिमलेपनि सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । टिममा राष्ट्रिय खेलाडीहरु समेत सहभागी हुन पाउने आयोजक बक्स पोखराका अध्यक्ष प्रदीप गुरुङले जानकारी दिनुभयाे ।

 

प्रतियोगिता नकआउटका आधारमा खेलाइने छ । खेललाई जीवनशैली बनाएर खेलकुदको विकाससँगै स्वस्थता प्रदान गर्नपनि प्रतियोगिताले सहयाेग पुर्‍याउने आयोजकको विश्वास छ । संघका अध्यक्ष गुरुङले भन्नुभयाे,‘तिव्र गतिको हुने भएकाले फुटसल रोमाञ्चक हुनुका साथै आत्मअनुशासन, सहकार्य र नेतृत्व विकासमा सघाउ पु¥याउँछ भन्ने विश्वास गरेका छाै ।’

प्रतियोगिताको बिजेताले नगद १ लाख ७० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपबिजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बक्स पोखराका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक चुमन गुरुङले जानकारी दिनुभयाे ।

 

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजारसहित ट्रफी र प्रमाण पत्र तथा उच्च गोलकर्ता र उदीयमान खेलाडीलाई नगद ६÷६ हजासहित ट्रफी र प्रमाण प्रदान गरिने आयाेजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई भने बक्स पोखराको एक महिने सदस्यता प्रदान गरिने भएकाे छ ।

 

प्रतियोगिता सम्पन्न गर्न करीब १० लाख संकलन हुने र ७ लाख खर्च भै ३ लाख बचत गर्ने लक्ष्य आयोजकको छ । ‘बचत रकम क्लवले गर्ने खेलकुदका विभिन्न गतिविधिमा खर्च गरिनेछ’–संयोजक गुरुङले बताउनुभयाे ।

फुटसल जस्तो छिटो गतिका र रोमाञ्चक खेलले आत्मअनुशासन, सहकार्य, र नेतृत्व विकास गर्न सहयोग पुऱ्याउँछ। यही सोचका साथ, यस प्रतियोगिताको आयोजना गरिएको हो-जहाँ खेलकुद मात्र प्रतिस्पर्धा नभई, जीवनशैलीका रूपमा प्रवर्धन गर्ने बताएको छ ।

 

बक्सले खेलकुद र फिटनेसमा प्रेरित गर्दै आएको संस्था हो। यस प्रतियोगितामार्फत युवाहरुलाई स्वस्थ जीवनशैली, सकारात्मक सोच, र समुदायप्रति जिम्मेवार नागरिक बन्न प्रेरणा दिन मुख्य उ‌द्देश्य राखेर कार्यक्रम गर्न लागेकाे हाे ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...