एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड भदौ २९ गते पोखरामा हुने

पाेेखरा, साउन १४ गते ।नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ पोखरामा हुने भएको छ ।

पोखरा महानगरपालिका मुख्य प्रवर्द्धक रहेको उक्त अवार्ड कार्यक्रम आगामी भाद्र २९ गते नेपालको पर्यटकीय राजधानी पोखरामा हुने आज आयाेजित पत्रकार सम्मेलन गरेर  जानकारी दिइएको हो । अवार्ड कार्यक्रमको प्रवर्द्धनका लागि महानगरपालिकाले आफ्नो वार्षिक विकास कार्यक्रम मै  १५ लाख रुपैयाँ उल्लेख गरेको छ । यस्तै खेलकुद पत्रकार मञ्च गण्डकीले पनि पाेखरा स्पाेटर्स अवार्ड आयाेेजना गर्दै आएकाे छ।गण्डकीका लागि महानगरले पाँच लाख विनियोजन गरेकाे छ ।

 

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौँ बाहिर पहिलो पटक पर्यटकीय राजधानी पोखरामा अवार्ड गर्न पाउँदा आफूहरू निकै उत्साहित भएको बताउनुभयो । पोखरा भ्रमण वर्ष २०२५ को प्रवर्द्धन र राजधानी बाहिर खेल पत्रकारिताको विकास तथा प्रोत्साहनका लागि आफूहरूले पोखरालाई रोजेको उहाँले बताउनुभयो ।

 

अवार्डअन्तर्गत विगतका वर्षमा झै १० विधामा खेलाडी तथा खेलकर्मी पुरस्कृत हुनेछन् । वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेशल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विधा समावेश छन् ।

 

उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका निजेताले जनही पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई नगद १ लाख रुपैयाँको दरले पुरस्कृत गरिनेछ ।

 

खेलप्रेमीको मतका आधारमा विजेताको चयन हुने पिपल्स च्वाइस अवार्डका लागि पाँच उत्कृष्ट खेलाडीको मनोनयन मञ्चले आगामी केही दिनमा सार्वजनिक गर्ने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिनुभयाे ।

 

यसैगरी उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको विधामा पनि पाँच/पाँच जनाको मनोनयन सार्वजनिक हुनेछ ।मनोनितमध्येबाट विजेताको घोषणा अवार्डकै दिन हुने आयोजकले जनाएको छ । लाइफटाइम अचिभमेन्ट, स्पेशल, टिम अफ दी इयर र एसियन ‘जर्नालिस्ट विधामा सोझै विजेताको छनोट हुनेछ । सबै विधाका विजेताको कार्यक्रममै घोषणा गरिने महासचिव खड्काले बताउनुभयाे ।कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमवि आस्था मगरले काठमाडौमा हुदै आएकाे अवार्ड पाेखरामा हुनु राम्रो भएकाे बताउनुभयाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...