नेपाल दशनामी समाज कास्कीको दरखाने कार्यक्रम सम्पन्न

पोखरा, भदौ ५ गते । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाल दशनामी समाज कास्कीले शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम बिहिबार सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन नेपाल दशनामी समाज केन्द्रीय समितिका उपाध्यक्ष सरस्वती गिरीले उद्घाटन गर्दै उपाध्यक्ष गिरीले दशनामीहरु वीच एकता कायम गर्दै मौलिक संस्कार र संस्कृति संरक्षण गर्नुपर्ने खाँचो औल्याउनुभयो ।

तीजको अवसरमा आयोजित कार्यक्रममा उहाँले महिलाहरु संघसंस्था र राजनीतिमा सक्रिय हुदै नेतृत्व तहमा पुग्नुपर्नेमा जोड दिनुभयो । महिलालाई अगाडी बढाउन र नेतृत्वमा ल्याउन दाजुभाइहरुको भुमिका महत्वपूर्ण हुने उपाध्यक्ष गिरीले बताउनुभयो ।

समाजका केन्द्रीय सदस्य शारदा गिरी,दशनामी समाज कास्कीका उपाध्यक्ष भरत गिरी, गण्डकी प्रदेश समाज अध्यक्ष मोति गिरी लगायतले समाजका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा समाजका केन्द्रीय सल्लाहाकार गोपाल गिरी, दोहोरी गायिका माया गिरीले तीज गीत गाएर सबैलाई नचाउनु भएको थियो । कार्यक्रममा आयोजित तीज गीत नृत्य प्रतियोगितामा मेरी गिरी प्रथम, रोसनी गिरी दोश्रो, दिक्षा गिरी तेश्रो र मनिसा गिरीले सन्त्वना स्थान प्राप्त गर्नुभयो । कार्यक्रम नेपाल दशनामी समाज कास्कीका अध्यक्ष भुपेन्द्र गिरीको अध्यक्षतामा भएको थियो भने संचालन सचिव बोधराज गिरीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...