युवा संघ माछापुच्छ्रेले तीज विशेष सांस्कृतिक कार्यक्रम गर्ने

पाेखरा, भदाै ।नेपाली नारीहरुकाे महानपर्व हरितालिका तीजकाे अवसरमा युवा संघ नेपाल माछापुच्छ्रे गाउँपालिका कमिटीले तीज विशेष सांस्कृतिक कार्यक्रम आयाेजना गर्ने भएकाे छ ।

भदौ १० गते लाहाचाेक महेन्द्र माविको खेलमैदानमा हुने कार्यक्रममा आमा समुह वीच तीज गीत तथा नृत्य प्रतियाेगिता समावेश छन् ।

त्यस्तै आमा छोरी र सासू बुहारी बिच अझै माया बढाउने उदेश्य सहित सासू बुहारी आमा छोरी बिच नृत्य प्रतियोगिता आयोजना गरिने कार्यक्रम भएको छ ।

बिगतमा राष्ट्रिय युवा संघ लाहाचोकले गर्दै आएको कार्यक्रम अहिले पालिकाले गर्न लागेको हो । आमासमुह बिच मौलिक तीज गीत प्रतियोगिता हुने छ । जसमा प्रथमले दस हजार, द्वितीयले पाँच हजार,तृतीयले तीन हजार र सान्त्वनाले एक हजार र प्रमाणपत्र प्राप्त गर्नेछन ।

 

यस्तै सासुबुहारी र आमाछोरी बिचकाे नृत्य प्रतियोगिता कार्यक्रमको मुख्य आकर्षण रहेको संघले जानकारी दिएकाे छ। उक्त नृत्यको प्रथमले पुरस्का तीन हजार, द्वितीयले दुई हजार, तृतीयले एक हजार र सान्त्वना दुई जोडिलाइ पाँच /पाँच सय रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएको छ ।

साथमा ख्यातिप्राप्त कलाकार र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...